पोखरा । पोखरा महानगरपालिका वडा नं. २१ मा अध्यक्ष लगाएत सबै पदमा उम्मेदवारी दिएको राष्ट्रिय नागरिक पार्टीले बुधबार घरदैलो कार्यक्रम गरेको छ ।
पार्टीका केन्द्रिय सहमहामन्त्री सागर कार्की, केन्द्रिय सदस्य कृष्ण रानाभाटसहित अध्यक्ष पदका उम्मेदवार लक्ष्मण सुनार, महिला सदस्यमा तुल कुमारी थापामगर, दलित महिला सदस्य नारायणी परियार र खुल्ला सदस्यमा प्रदिप सुनार र विष्णु बहादुर थापाले पोखरा २१ का कृस्ती नाच्नेचौर, निर्मलपोखरी, फुर्सेखोला लगाएतका क्षेत्रमा मतदाताको घरदैलोमा गइ आफ्नो पार्टीलाई जिताउन आग्रह गरेका छन् ।
राष्ट्रिय नागरिक पार्टीबाट पोखराको मेयरमा सृजनादेवि रिजाल कार्की र पोखरा ९ को वडा सदस्य पदमा कृष्ण रानाभाटले उम्मेदवारी दिएका छन् ।
प्रतिक्रिया लेख्नुहोस्:-