सरकारले १८ को अन्य ठाउँमा जती ग्यारजातीको बासिन्दाले स्थानिय सरकारको अनुभव गर्न नपाएको गुनासो गरेका छन् ।
घरदैलेको क्रममा सरकारले अन्य ठाउँमा विकासको विभिन्न योजनाको काम अघि बढाएको तर ग्यारजातीमा काम नबढाएको गुनासो गरेको छन् ।
स्थानिय मिन बहादुुर थापाले सरकार भएको अनुभव गर्न नपाएको गुनासो गरे । ‘पोखराको महत्वपुर्ण ठाउँ भयो तर बिकास भएन,‘थापाले भने,‘पानी अन्य ठाउँमा ल्याइयो तर हाम्रोमा आएन ।’ स्थानिय सरकारले पानीको लागि काम गरेको जस्तो गरेको तर मन लागेर काम नगरेको थापाको आरोप छ ।
स्थानिय हिमकला थापाले उक्त स्थानमा पानीको समस्या रहेको भन्दैै अहिलेसम्म सरकार भएको अनुभव गर्न नपाएको गुनासो गरिन । उनले ग्यारजातीलाई स्थानिय सरकारले हेला गरेको धारणा राखिन ।
स्थानिय शिव तिमिल्सिनाले पनि सरकारले ध्यान दिएर काम नगरेको कारण नै घरमा पानी आउन नसकोकोदावी गरिन । उनले योजना भएका उम्मेदवर जो आए उसैलाई सहयोग गर्ने सुनाइन ।
घरदैलोको क्रममा गएका माओवादी केन्द्रको तर्फबाट पोखरा १८ का वडा अध्यक्षका उम्मेदवार राजु शर्मा तिमिल्सिनाले वडाबासीको गुनासो बुझ्दै हिडेका थिए । उनले शिक्षा, स्वास्थ्य रोजगारीको क्षेत्रलाई प्रथामिकतामा राखेर काम गर्ने योजना सुनाए । तिमिल्सिनाले ग्याजतीमा पानी बत्ति, बाटो ल्याउने योजना रहेको सुनाउदै आफ्नो टिमलाई मतदान गर्न अनुरोध गरेका छन् ।
पोखरा १८ ग्यारजातीको टापु रिसोटबाट सुरु भएको घरदैलो काक्रर्याम जैसिथर, दोपरे, टापु, सिङनारा, गौरी, बासुधार डाडाँमा पुगेर समापन भएको थियो ।
माओवादी केन्द्रको तर्फबाट वडा अध्यायक्षमा राजु शर्मा तिमिल्सिनाको उम्मेदवारी रहेको छ । खुल्ला सदस्यमा होमबिर पुन र उमनाथ तिमिल्सिना, महिला सदस्यमा दुर्गा अधिकारी दलित महिला सदस्यमा साहारा नेपालीको उम्मेदवारी रहेको छ ।
प्रतिक्रिया लेख्नुहोस्:-