२०८२ माघ ३, शनिबार
प्रिती बाट युनिकोड
Gandaki Press
lJMN6.gif
  • गृहपृष्ठ
  • समाचार
  • अपराध
  • समाज
  • राजनिती
  • अर्थ
  • खेलकुद
  • शिक्षा/स्वास्थ्य
  • साहित्य/मनोरञ्जन
  • अन्तर्वार्ता
  • अन्तराष्ट्रिय
  • यस भित्र
    • पर्यटन
    • विचार
    • राशिफल
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृहपृष्ठ
  • समाचार
  • अपराध
  • समाज
  • राजनिती
  • अर्थ
  • खेलकुद
  • शिक्षा/स्वास्थ्य
  • साहित्य/मनोरञ्जन
  • अन्तर्वार्ता
  • अन्तराष्ट्रिय
  • यस भित्र
    • पर्यटन
    • विचार
    • राशिफल
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
Gandaki Press
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

एमाले मादीको घोषणापत्रः केबलकार चलाउन अध्ययन गरिने

गण्डकी प्रेस
बैशाख १९, २०७९ १९:३४ मा प्रकाशित
राजनिती, समाचार, समाज
एमाले मादीको घोषणापत्रः केबलकार चलाउन अध्ययन गरिने
24
SHARES
Share on FacebookShare on Twitter

पोखरा, १९ वैशाख । नेकपा (एमाले) मादी गाउँपालिका, कास्कीले चुनावी प्रतिवद्धतापत्र सार्वजनिक गरेको छ । पर्यटकीय पूर्वाधार निर्माणलाई जोड दिएर एमाले पालिका कमिटीले चुनाव जितेमा ५ वर्षभित्र गर्ने कार्ययोजना सोमबार सार्वजनिक गरेको हो । मादीमा एमालेबाट प्रमुखमा शिवबहादुर गुरुङ (महेन्द्र) र उपप्रमुखमा कल्पना गुरुङ उमेद्वार छन् ।

सम्भाव्यता अध्ययन भइसकेको भुलकुच्चा–कोरीको केबलकार निर्माण कार्य निजी क्षेत्रसँग मिलेर अघि बढाउने एमालेको घोषणापत्रमा उल्लेख छ । कपुचे–कोरी केबलकार, कोरी–माद्रे हिमाल–पिसाङ केबलकार र वार्चोक लम्तरी केबलकार बनाउन सम्भाव्यता अध्ययन गरिने घोषणा एमालेले गरेको छ । ताङतिङ पोलकोडाँडा–सिक्लेस पार्चेडाँडासम्म रोपवे सम्भाव्यता अध्ययन गरिने पत्रमा उल्लेख छ ।

मादीलाई आवश्यक पूर्वाधारका लागि प्रदेश र संघ सरकारसँग सहकार्य गर्ने एमालेबाट अध्यक्ष उमेद्वार रहेका महेन्द्रले बताउँछन् । संघ, प्रदेश र पालिकामा नेकपा एमालेका विकास योजना र जनमैत्री काम देखेर अरु पार्टीका नेता–कार्यकर्ता पनि एमाले आउन चाहिरहेको उनको भनाई छ । ‘मादीमा ३ दिनसम्म घरदैलो गर्दा कांग्रेस, माओवादीका साथी हाम्रोमा आउनुभयो ।’ उनले भने, ‘ती पार्टीमा अब नेतामात्रै रहन्छन् । अरु पार्टीमा भएका कति साथीले नेकपा एमाले खोजेका छन् । घर–घरले नेकपा एमाले खोजेको छ ।’

मध्यपहाडी लोकमार्गको भैंसे, बेत्यानी, ज्याउँदु, मेलबोट, पानीघाट हुँदै पोखरा २० मौजा जोड्ने सडक, सिक्लेस–पोखरा सडकखण्डको बाँकी खण्डसहित पालिकाका मुख्य सडक कालोपत्रे गर्ने घोषणापत्रमा उल्लेख छ । १८ ठाउँमा मोटरेबल पुल र कल्भट निर्माण र ४ वटा झोलुंगे पुल बनाउन प्रतिबद्धता एमालेको छ । एक घर, एक धारा अभियानलाई निरन्तरता दिने, हरेक सडक र बस्तीको ढल उचित निकास गर्ने घोषणापत्रमा उल्लेख छ । विद्युत नपुगेका टोल र वस्तीमा विद्युत सेवा पु¥याई ‘उज्यालो पालिका’ बनाउने घोषणा गरिएको छ ।

मादी ३ याङ्जाकोटमा रहेको गाउँपालिका कार्यालय सार्ने निर्णयविरुद्ध स्थानीय अदालत पुगेका थिए । यो मुद्दा सर्वोच्च अदालतमा विचाराधीन छ । एमालेले गाउँपालिका केन्द्र निर्धारण गरेर प्रशासनिक भवन बनाउने प्रतिवद्धता जनाएको छ । बहुउद्देशीय भवन, गाउँपालिकाको आफ्नै अतिथि भवन निर्माण र प्रहरी भवन निर्माण गरिने एमालेले बताएको छ । ‘पालिकास्तरमा एक प्रहरी भवन निर्माण गर्नुका साथै भगवतीटार, छाचोक र सिक्लेसमा प्रहरी भवन निर्माण गरिने छ ।’ घोषणपत्रमा भनिएको छ, ‘भूकम्पबाट क्षति भई निर्माण सम्पन्न हुन बाँकी संरचनाको पुनःनिर्माण गरिने छ ।’

सम्बन्धित समाचार

मुस्कानको दोहोरो शतकमा पोखराको फराकिलो जित
खेलकुद

मुस्कानको दोहोरो शतकमा पोखराको फराकिलो जित

प्रहरीलाई चक्कु आफैंले देखाएका कुमारलाई किन गरिएन सार्वजनिक ?
अपराध

प्रहरीलाई चक्कु आफैंले देखाएका कुमारलाई किन गरिएन सार्वजनिक ?

लागुऔषध खैरो हेरोइनसहित काठमाडौँबाट एक व्यक्ति पक्राउ
अपराध

लागुऔषध खैरो हेरोइनसहित काठमाडौँबाट एक व्यक्ति पक्राउ

सिन्धुलीमा बैंक डकैतिमा घरधनीका जेठान पक्राउ
अपराध

सिन्धुलीमा बैंक डकैतिमा घरधनीका जेठान पक्राउ

२०१४ सालको त्यो विशेष महाधिवेशन र अहिलेको यो विशेष महाधिवेशन
प्रमुख समाचार

२०१४ सालको त्यो विशेष महाधिवेशन र अहिलेको यो विशेष महाधिवेशन

एटी अलर्टबाट आन्दोलनको मेसेज पठाउने सेढाइ पक्राउ
अपराध

एटी अलर्टबाट आन्दोलनको मेसेज पठाउने सेढाइ पक्राउ

प्रतिक्रिया लेख्नुहोस्:-

हाम्रो बारे

'समाजको ऐना, हामी सत्यमा विश्वास गर्छौं।' गण्डकी प्रेस पोखराबाट सञ्चालित अनलाइन न्युज पोर्टल हो । यस न्युज पोर्टल मार्फत हाम्रो समाज हुने गरेका विकृति, विसंगति, सामाजिक विषयवस्तु, विकास एवं विभिन्न घटनाहरुको सम्प्रेषण गर्दै समुदायलाइ सु-सुचित गर्ने हाम्रो उदेश्य हो ।

गण्डकी प्रेस प्रा.लि. द्वारा संचालित
सूचना तथा प्रशारण विभाग दर्ता नं. २६१४/०७७-०७८ 

हाम्रो समूह

समाचार प्रमुख सुरेशराज अधिकारी
कानूनी सल्लाहाकार  बिमल प्र. लामिछाने
सम्पादक  सुशीलराज अधिकारी
संवाददाता  विष्णु प्र. बसौला
बिनिता सुनार
राज कुमार घिमिरे
ऋषि खतिवडा

सामाजिक सञ्जाल

Facebook Twitter Instagram RSS

सम्पर्क

गण्डकी प्रेस प्रा.लि.
पोखरा -०९, कास्की
gndakipress@gmail.com
सम्पर्क : +977 - 9856000233

© 2021 All Right Reserved With Gandaki Press - Designed by MPG Solution.

  • Privacy Policy
  • गण्डकी प्रेस
  • प्रिती बाट युनिकोड
  • राशिफल
  • समाचार
  • सम्पर्क
  • सामाजिक सञ्जाल बाट
  • हाम्रो बारे
  • हाम्रो समूह

कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृहपृष्ठ
  • समाचार
  • अपराध
  • समाज
  • राजनिती
  • अर्थ
  • खेलकुद
  • शिक्षा/स्वास्थ्य
  • साहित्य/मनोरञ्जन
  • अन्तर्वार्ता
  • अन्तराष्ट्रिय
  • यस भित्र
    • पर्यटन
    • विचार
    • राशिफल

© 2026All Right Reserved WithGandaki Press - Designed by MPG Solution.

ताजा खबरहरु

मुस्कानको दोहोरो शतकमा पोखराको फराकिलो जित

मुस्कानको दोहोरो शतकमा पोखराको फराकिलो जित

प्रहरीलाई चक्कु आफैंले देखाएका कुमारलाई किन गरिएन सार्वजनिक ?

प्रहरीलाई चक्कु आफैंले देखाएका कुमारलाई किन गरिएन सार्वजनिक ?

लागुऔषध खैरो हेरोइनसहित काठमाडौँबाट एक व्यक्ति पक्राउ

लागुऔषध खैरो हेरोइनसहित काठमाडौँबाट एक व्यक्ति पक्राउ

सिन्धुलीमा बैंक डकैतिमा घरधनीका जेठान पक्राउ

सिन्धुलीमा बैंक डकैतिमा घरधनीका जेठान पक्राउ

२०१४ सालको त्यो विशेष महाधिवेशन र अहिलेको यो विशेष महाधिवेशन

२०१४ सालको त्यो विशेष महाधिवेशन र अहिलेको यो विशेष महाधिवेशन

एटी अलर्टबाट आन्दोलनको मेसेज पठाउने सेढाइ पक्राउ

एटी अलर्टबाट आन्दोलनको मेसेज पठाउने सेढाइ पक्राउ

तनहुँमा ३ जनाको सामुहिक हत्या गर्ने एक पक्राउ

तनहुँमा ३ जनाको सामुहिक हत्या गर्ने एक पक्राउ

सामाजिक सञ्जालमा बन्दुक प्रदर्शन एक पक्राउ

सामाजिक सञ्जालमा बन्दुक प्रदर्शन एक पक्राउ

रक्सीको पैसा तिर्न छाडेर प्रहरीको धम्की १ पक्राउ

रक्सीको पैसा तिर्न छाडेर प्रहरीको धम्की १ पक्राउ

चर्चित खबरहरु

तनहुँ विभत्स हत्या काण्ड ः राजमार्ग पुगेपछि अलमलियो कुकुर, सकियो ‘क्लू’

नगद र सुनको सिक्री चोरी गर्ने ४ पक्राउ

नगद र सुनको सिक्री चोरी गर्ने ४ पक्राउ

‘आइ लेन्स’ प्रयोग गरी क्यासिनोमा ठगी गर्ने ४ भारतीय कारागार चलान

‘आइ लेन्स’ प्रयोग गरी क्यासिनोमा ठगी गर्ने ४ भारतीय कारागार चलान

प्रहरीलाई चक्कु आफैंले देखाएका कुमारलाई किन गरिएन सार्वजनिक ?

प्रहरीलाई चक्कु आफैंले देखाएका कुमारलाई किन गरिएन सार्वजनिक ?

प्रशोधनको नाममा ल्याण्डफिल बनाउन खोजियो : स्थानीय

प्रशोधनको नाममा ल्याण्डफिल बनाउन खोजियो : स्थानीय

लागुऔषध खैरो हेरोइनसहित काठमाडौँबाट एक व्यक्ति पक्राउ

लागुऔषध खैरो हेरोइनसहित काठमाडौँबाट एक व्यक्ति पक्राउ