पोखरा । निर्वाचन आयोगले देशका ६ महानगरपालिका र भक्तपुर जिल्लामा रहेका नगरपालिकाहरुका लागि मतपत्र छपाई सुुरु गरेको छ । आइतबार आयोगले गरेको पत्रकार सम्मेलनमा बोल्दै आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले मतपत्र छपाईको काम अन्तिम चरणमा पुगेको बताए ।
यसैबीच महानगरपालिकाका लागि छपाई भइरहेको मतपत्रमा कुनै दलले कुनै वडामा मात्र उम्मेदवार दर्ता गरेको भएपनि सो दलको चिन्ह प्रमुख पददेखि वडा सदस्यसम्मको लहर छापिने जानकारी दिए । आयोगले सामाजिक सञ्जाल दुरुपयोग भए नभएको हेर्न आइटी टिम बनाएको र अनुगमनको काम भइरहेको उनले बताए ।
प्रतिक्रिया लेख्नुहोस्:-