पोखरा । राष्ट्रिय प्रजातन्त्र पार्टीका केन्द्रीयउपाध्यक्ष हेमजंग गुरुङले आगामीचुनावमा पार्टी नेपालकै तेस्रो ठुलो पार्टी हुने दाबी गरेका छन् । पछिल्लो समय नेतृत्व परिवर्तन भएसँगै युवाहरुको आकर्षण राप्रपाप्रति बढेको उनले बताए ।
‘पछिल्लो समयको तथ्यांकले यो देखाउँछ कि, हाम्रोपार्टी राष्ट्रिय प्रजातन्त्र पार्टीप्रति धेरै जनताको आशा धेरै बढेको छ । र, पार्टीमा पछिल्लो समय देखिएको आकर्षणले पनि यो कुरालाई पुष्टी गर्छ ।’पोखरामाआयोजित राप्रपाको स्थानीयतहनिर्वाचनकाउम्मेदवार प्रशिक्षण तथा पार्टी प्रवेश कार्यक्रममा राप्रपा केन्द्रीयउपाध्यक्ष गुरुङले भने–‘हामी धर्मयुद्धमा छौँ । र, यो कुरामा स्पष्ट हुनुहोस् कि अन्त्यमा धर्मकै जित हुन्छ ।’
पछिल्लो समय देशव्यापी रुपमा राप्रपा र राप्रपाले उठाएका मुद्दाको विषयमा सकारात्मकवहशचल्ने क्रम बढेको उनले बताए । पार्टीको यस्तो खाले माहौल बनेको ईतिहासमै पहिलोपटक भएको उनको दाबी छ । ‘राजेन्द्र लिंदेनको नेतृत्वले यो माहौल बनाएको हो । र, पार्टीको स्वरुपपनि अब चाँडै फेरिने निश्चित छ ।’ उनले भने ।
गुरुङले राप्रपाकाउम्मेदवारहरुलाई चुनावजित्नकालागिअन्यदलकाउम्मेदवारहरुलाई गालीगलौज नगर्न पनि सुझावदिए । ‘हामीले हाम्रो एजेन्डाले जनताको मन जित्ने हो । र, चुनावपनित्यहिजनमतले जिताउने हो ।हामीधार्मिक पार्टी हौँ र हामीले कसैलाई गाली गरेर आफुलाई चोख्याउने काम गर्नुहुँदैन ।’ गुरुङले भने–‘जनतामाझगएर जबरजस्तीआफ्ना धारणा मात्रै नसुनाउनुहोस् । बरु सकेसम्म जनताको कुरा सुन्ने गर्नुहोस् ।’ उनले जनताले राजनीतिकविकल्पखोजेकोले त्यो विकल्प राप्रपाबन्नुपर्नेमा जोड दिए ।
कार्यक्रममा राप्रपाका गण्डकी प्रदेश अध्यक्षपञ्चराम गुरुङ, केन्द्रीय सदस्य डा. महेन्द्रबहादुर केसी, राप्रपा नेताजयलालपुन, जिल्लाअध्यक्ष नारायण गुरुङलगाएतले बोलेका थिए ।
राप्रपाले आसन्ननिर्वाचनकालागिपोखरा महानगरपालिकाको मेयरमाशंकर खराल र उपमेयरमा रञ्जना सेन पौडेललाई उम्मेदवारको रुपमा अगाडि सारेको छ । पार्टीले देशभरीका स्थानीयतहमाकुल १२ हजार ४ सय ३७जनाउम्मेदवारलाई उठाएको छ ।
राप्रपामा ४४ जनाको प्रवेश
राष्ट्रिय प्रजातन्त्र पार्टीमाशुक्रबार एकैदिन ४४ जनाले पार्टी प्रवेश गरेका छन् । विभिन्न पार्टी परित्याग गरि उनीहरुले राप्रपामार्फत आफ्नो राजनीतिकयात्रालाई अगाडि बढाउने निर्णय लिएकाहुन् ।
विश्वहिन्दु महासंघका पुर्व कास्कीजिल्लाअध्यक्षपार्वतापौडेल, विश्वहिन्दु महासंघ कास्कीका साँस्कृतिकविभागप्रमुखउषामाता, मनबहादुर विश्वकर्मा, सामाजिकअभियन्तापुन्यपौडेल लगाएत४४ जना राप्रपामाप्रवेश गरेको पार्टीले जनाएको छ । पार्टी प्रवेश गर्ने मध्ये पार्वतापौडेल काँग्रेस परित्याग गरि राप्रपाप्रवेश गरेकीहुन् भने मनबहादुर विश्वकर्मा नेकपाएमाले त्यागेर पार्टीमाप्रवेश गरेका हुन् ।
पछिल्लो समय राप्रपामा दैनिक पार्टी प्रवेश गर्नेहरुको संख्या बढ्दै गएको पार्टीले जनाएको छ ।
प्रतिक्रिया लेख्नुहोस्:-