पोखरा । पोखरा १८ मा माओवादी केन्द्रको तर्फबाट वडा अध्यक्षको उम्मेदवार राजु शर्मा तिमिल्सिनाले जनातको जिवन स्तर सुधारको लागि आफुले बाख्रा पालन व्यवसायमा विशेष अनुदानको व्यवस्था गर्ने घोषण गरेको छन् ।
तिमिल्सिनाले पोखरा बाख्रा पालन व्यवसायमा लागेका र १ देखी २० वटा सम्म पल्नेलाई प्रतिबाख्रा १ हजारको दरले प्रत्येक वर्ष अनुदानको व्यवस्था गर्ने बताएका छन् । २० भन्दा बढि बाख्रा पाल्नेलाई २० हजार रुपैयाँ अनुदान दिने बताएका छन् । राजुले यस भन्दा अघि नै वडामा निर्वाचित भएपछी सरकारी सेवा सुबिधा बापत पाएको रकम सामाजिक सेवामा खर्च गर्ने बताएका दिए ।
पोखरा १८ को विभिन्न बस्तीमा बिजुली जडान गर्ने, घर घरमा धारा जाडान गर्ने लगायतका काम गर्दे आएका छन् । आफु सधै जनताको सेवामा नै खटिने भन्दै आफु वडाध्यक्षको उम्मेदवारी दिएको भन्दै आफुलाई भोट दिएर जिताउन सबै संग अनुरोध गरे ।
उक्त वडामा महिला सदस्यमा दुर्गा अधिकारी, दलित महिला सदस्यमा खुल्ला सदस्यमा उमनाथ तिमिल्सिना र हुमविर पुनले उम्मेदवारी दिएका छन् । १२ गतेबाट उनले चुनावी प्रचार प्रसारको कार्याक्रम सुरु गरेका हुन ।
प्रतिक्रिया लेख्नुहोस्:-