पोखरा । बिद्रोही नेकपा (माओबादी)ले यस भन्दा अघि नै निवार्चन बहिष्कार गर्दे आएको छ । माओवादीले विभिन्न ठाउँका चुनावमा उम्मेदवारी दिएको नेतालाई उम्मेदवारी फिता गर्न उम्मेदवारलाई निर्देशन दिदै आएको छ । उक्त निर्देशन नमान्दा १ उम्मेदवारलाई कार्वाही गरेको नेकपा (माओबादी) ले जानकारी दिएको छ ।
बिद्रोही समूह नेकपा (माओबादी) द्वरा तनहुँ जिल्ला व्यास नगरपालिका १३ का उम्मेदवार ललितप्रसाद पाण्डेलाई कालो मोसो दलेको छ । उमेदवार फिर्ता लिन दबाभ नमानेको कारण कालो मेसे दलेको नेकपा (माओबादी) तनहुँ जिल्ला को ईन्चाज खेम बाहदुर दरै ले जानकारी दिए ।
आगामी ३० गते तोकिएको उक्त निर्वाचन बहिस्कार गर्ने पार्टी केन्द्रीय समितिले निर्णय गरेको हो । उनीहरुले पोखरा देशको विभिन्न ठाउँमा चुनाव बहिष्कारको पोष्टर पनि टासेका छन् ।
प्रतिक्रिया लेख्नुहोस्:-