२०८३ असार २६, शुक्रबार
प्रिती बाट युनिकोड
Gandaki Press
lJMN6.gif
  • गृहपृष्ठ
  • समाचार
  • अपराध
  • समाज
  • राजनिती
  • अर्थ
  • खेलकुद
  • शिक्षा/स्वास्थ्य
  • साहित्य/मनोरञ्जन
  • अन्तर्वार्ता
  • अन्तराष्ट्रिय
  • यस भित्र
    • पर्यटन
    • विचार
    • राशिफल
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृहपृष्ठ
  • समाचार
  • अपराध
  • समाज
  • राजनिती
  • अर्थ
  • खेलकुद
  • शिक्षा/स्वास्थ्य
  • साहित्य/मनोरञ्जन
  • अन्तर्वार्ता
  • अन्तराष्ट्रिय
  • यस भित्र
    • पर्यटन
    • विचार
    • राशिफल
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
Gandaki Press
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

बैशाख २३ मा चलचित्र लक्का जवान प्रदर्शन, पोखरेली दर्शकबाट आशावादी कलाकार

गण्डकी प्रेस
बैशाख १४, २०७९ १८:१३ मा प्रकाशित
समाचार, साहित्य/मनोरञ्जन
बैशाख २३ मा चलचित्र लक्का जवान प्रदर्शन, पोखरेली दर्शकबाट आशावादी कलाकार
38
SHARES
Share on FacebookShare on Twitter

पोखरा । कोरोना महामारीका कारण तीन वर्ष नेपाली सिनेमा थलियो । छायाँकन गरिएका चलचित्र समेत प्रदर्शन हुन पाएनन् । निर्माता, निर्देशक, कलाकार र प्राविधिकहरुको हरिबिजोग भयो । अहिले विस्तारै सिनेमा क्षेत्र चलायमान भएको छ । लामो समय ठप्प भएका चलचित्रहरु प्रदर्शन भइरहेका छन् । दर्शकको साथ समेत उत्तिकै पाएको महशुस हुन्छ । सिनेमा हलका संचालकमा समेत आशा जगाएको छ ।

ठूलो लगानीमा निर्माण भएका चलचित्रले सफलता पाएका छन् । विदेशी सिनेमासँगको प्रतिस्पर्धाका बाबजुत पनि उत्साह थपिएको आभाष हुन्छ । चलचित्रको कथावस्तु र अभिनय कला राम्रो भएको खण्डमा नेपाली चलचित्रलाई समेत दर्शकले रुचाउने भनाई निर्माता निर्देशकको सुनिन्छ ।

सिनेमा हलमा दर्शकको घुईचो देख्दा निर्माता निर्देशक खुशी देखिन्छन् । त्यसैले त पछिल्लो समय एक पछि अर्को सिनेमा रिलिज भइरहेको छ । केही समय अगाडी झरना थापा निर्देशित चलचित्र “ए मेरो हजुर—४” प्रदर्शन भयो । दक्षिण भारतिय चलचित्र “केजीएफ—२” सँग प्रतिस्पर्धा गरेको उक्त चलचित्रले सिनेमा हलमा कम समय पाएता पनि उल्लेखनिय व्यापार गरेको जानकारी निर्माण पक्षबाट नै प्राप्त भएको थियो ।

“म यस्तो गीत गाउँछु—२”, “ए मेरो हजुर—४” को सफलतापश्चात अब बैशाख २३ गते “लक्का जवान” चलचित्र प्रदर्शन हुँदैछ । जिरे खुर्सानीका कलाकार शिवहरि पौड्यालको निर्देशन तथा लेखनमा निर्माण भएको चलचित्रको बुधबार पोखरामा पत्रकार सम्मेलन गरियो । चलचित्र पत्रकार संघ कास्कीको समन्वयमा आयोजित सम्मेलनमा निर्देशक पौड्यालले चलचित्रलाई दर्शकले मन पराउनेमा आशावादी देखिन्छन् । ७० प्रतिशत हास्यव्यङ्गय कथा वस्तुमा निर्माण भएको चलचित्र भएकाले पनि लक्का जवान चलचित्र दर्शकको रोजाईमा पर्ने विश्वास उनको छ ।

ध्रुव वन्तको लगानीमा निर्माण भएको चलचित्रमा नायक दिलिप रायमाझी, सलोन बस्नेत, प्रियंका कार्की, वर्षा शिवाकोटी, मदन कृष्ण श्रेष्ठ, किरण केसी, सरोज खनाल लगायतका कलाकारको प्रमुख अभिनय छ । चलचित्र विशुद्ध नेपाली बनेको दाबी गर्छन् कार्यकारी निर्माता समेत रहेका किरण केसी । “नेपाली मौलिकतामा आधारित चलचित्र बनेको छ”, उनले भने, “तपाई हाम्रै गाउँ समाजमा घटेका घट्नाको कथावस्तु चलचित्रमा पाउनुहुन्छ ।”

चलचित्रका नायक दिलिप रायमाझीले लामो समयको अन्तर पश्चात आफुले राम्रो सिनेमामा अभिनय गर्ने अवसर पाएको बताए । उनले उक्त चलचित्र आफुले सम्बन्धका आधारमा नभई कथावस्तुले नै खोजेको क्यारेक्टरका आधारमा प्राप्त गरेको दाबी गरे । चलचित्रमा आफ्नो अभिनयले दर्शकको साथ पाउनेमा उनी विश्वस्त छन् ।

यस्तै विश्वास चलचित्रका अर्का नायक सलोन बस्नेतलाई समेत छ । बाल्यकालमा कलाकार किरण केसीसँग अभिनय गरेका सलोनले लामो समयको अन्तरमा उनीसँग सहकार्य गर्ने अवसर पाएका हुन् । तपाई जहिले सर्पोटिङ रोलमा अभिनय गर्नुहुन्छ, तपाईको उक्त रोललाई मन समेत पराइन्छ तर मुख्य रोल खासै पाएको देखिदैन भन्ने एक पत्रकारको प्रश्नमा सलोनले आफु एक कलाकार भएकाले रोलका पछाडी नदौडिने अभिव्यक्ति दिए । उनले भने,“म एक कलाकार हुँ । रोल भन्दा पनि क्यारेक्टरमा विश्वास गर्ने भएकाले मलाई सर्पोटिङमा अभिनय गर्ने सलोन भन्दा फरक पर्दैन । मेरो पेशा भनेको कलाकारिता हो र म कलाकार हुँ यति नै परिचय भए पुग्छ ।”

सम्बन्धित समाचार

मुस्ताङमा युरेनियम उत्खनन गर्न सम्झौता भएको छैन : परराष्ट्रमन्त्रीको
प्रमुख समाचार

मुस्ताङमा युरेनियम उत्खनन गर्न सम्झौता भएको छैन : परराष्ट्रमन्त्रीको

पोखरा ३२ सार्वजनिक सुनुवाइ सम्पन्न, वडाको मुहार परिर्वतन भएको छ अध्यक्ष: कार्की
प्रमुख समाचार

पोखरा ३२ सार्वजनिक सुनुवाइ सम्पन्न, वडाको मुहार परिर्वतन भएको छ अध्यक्ष: कार्की

निर्वाचन प्रक्रियामाथि प्रश्न उठाउँदै पूजा वास्तोलाद्वारा सर्वोच्च जाने घोषणा
प्रमुख समाचार

निर्वाचन प्रक्रियामाथि प्रश्न उठाउँदै पूजा वास्तोलाद्वारा सर्वोच्च जाने घोषणा

पोखरामा पूर्वीय वाङ्मय ज्योतिष सम्मेलन सम्पन्न
समाचार

पोखरामा पूर्वीय वाङ्मय ज्योतिष सम्मेलन सम्पन्न

रास्वपा गण्डकीको सभापति दौडमा डा. हरि कार्की ?
राजनिती

रास्वपा गण्डकीको सभापति दौडमा डा. हरि कार्की ?

सन्तु हत्या आराेपमा जाेडिए रास्वपा नगर अध्यक्ष श्रेष्ठ
अपराध

सन्तु हत्या आराेपमा जाेडिए रास्वपा नगर अध्यक्ष श्रेष्ठ

प्रतिक्रिया लेख्नुहोस्:-

हाम्रो बारे

'समाजको ऐना, हामी सत्यमा विश्वास गर्छौं।' गण्डकी प्रेस पोखराबाट सञ्चालित अनलाइन न्युज पोर्टल हो । यस न्युज पोर्टल मार्फत हाम्रो समाज हुने गरेका विकृति, विसंगति, सामाजिक विषयवस्तु, विकास एवं विभिन्न घटनाहरुको सम्प्रेषण गर्दै समुदायलाइ सु-सुचित गर्ने हाम्रो उदेश्य हो ।

गण्डकी प्रेस प्रा.लि. द्वारा संचालित
सूचना तथा प्रशारण विभाग दर्ता नं. २६१४/०७७-०७८ 

हाम्रो समूह

समाचार प्रमुख सुरेशराज अधिकारी
कानूनी सल्लाहाकार  बिमल प्र. लामिछाने
सम्पादक  सुशीलराज अधिकारी
संवाददाता  विष्णु प्र. बसौला
बिनिता सुनार
राज कुमार घिमिरे
ऋषि खतिवडा

सामाजिक सञ्जाल

Facebook Twitter Instagram RSS

सम्पर्क

गण्डकी प्रेस प्रा.लि.
पोखरा -०९, कास्की
gndakipress@gmail.com
सम्पर्क : +977 - 9856000233

© 2021 All Right Reserved With Gandaki Press - Designed by MPG Solution.

  • Privacy Policy
  • गण्डकी प्रेस
  • प्रिती बाट युनिकोड
  • राशिफल
  • समाचार
  • सम्पर्क
  • सामाजिक सञ्जाल बाट
  • हाम्रो बारे
  • हाम्रो समूह

कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृहपृष्ठ
  • समाचार
  • अपराध
  • समाज
  • राजनिती
  • अर्थ
  • खेलकुद
  • शिक्षा/स्वास्थ्य
  • साहित्य/मनोरञ्जन
  • अन्तर्वार्ता
  • अन्तराष्ट्रिय
  • यस भित्र
    • पर्यटन
    • विचार
    • राशिफल

© 2026All Right Reserved WithGandaki Press - Designed by MPG Solution.

ताजा खबरहरु

मुस्ताङमा युरेनियम उत्खनन गर्न सम्झौता भएको छैन : परराष्ट्रमन्त्रीको

मुस्ताङमा युरेनियम उत्खनन गर्न सम्झौता भएको छैन : परराष्ट्रमन्त्रीको

पोखरा ३२ सार्वजनिक सुनुवाइ सम्पन्न, वडाको मुहार परिर्वतन भएको छ अध्यक्ष: कार्की

पोखरा ३२ सार्वजनिक सुनुवाइ सम्पन्न, वडाको मुहार परिर्वतन भएको छ अध्यक्ष: कार्की

निर्वाचन प्रक्रियामाथि प्रश्न उठाउँदै पूजा वास्तोलाद्वारा सर्वोच्च जाने घोषणा

निर्वाचन प्रक्रियामाथि प्रश्न उठाउँदै पूजा वास्तोलाद्वारा सर्वोच्च जाने घोषणा

पोखरामा पूर्वीय वाङ्मय ज्योतिष सम्मेलन सम्पन्न

पोखरामा पूर्वीय वाङ्मय ज्योतिष सम्मेलन सम्पन्न

रास्वपा गण्डकीको सभापति दौडमा डा. हरि कार्की ?

रास्वपा गण्डकीको सभापति दौडमा डा. हरि कार्की ?

सन्तु हत्या आराेपमा जाेडिए रास्वपा नगर अध्यक्ष श्रेष्ठ

सन्तु हत्या आराेपमा जाेडिए रास्वपा नगर अध्यक्ष श्रेष्ठ

प्रथम महिला फुटसल लिग विवाद सहमतिमा टुंगियो, बौद्ध क्लबले दियो धन्यवाद

प्रथम महिला फुटसल लिग विवाद सहमतिमा टुंगियो, बौद्ध क्लबले दियो धन्यवाद

‘एसईई डान्स र किड्स डान्स च्याम्पियनसिप तथा ‘स्रष्टा सम्मान’ सम्पन्न

‘एसईई डान्स र किड्स डान्स च्याम्पियनसिप तथा ‘स्रष्टा सम्मान’ सम्पन्न

पोखरा महिला फुटसल लिग विवादमा, आयोजकको गम्भिर लापरवाहिले टिमलाई ठूलो मर्का

पोखरा महिला फुटसल लिग विवादमा, आयोजकको गम्भिर लापरवाहिले टिमलाई ठूलो मर्का

चर्चित खबरहरु

रुपामा पहिलो पटक फुटबल प्रतियोगिता दोभान कप सुरु, पहिलो खेलमा बिजि गाइज विजयी

रुपामा पहिलो पटक फुटबल प्रतियोगिता दोभान कप सुरु, पहिलो खेलमा बिजि गाइज विजयी

Models of Constitution Making with Reference to Nepal

BAR-BENCH RELATION IN NEPAL

मुस्ताङमा युरेनियम उत्खनन गर्न सम्झौता भएको छैन : परराष्ट्रमन्त्रीको

मुस्ताङमा युरेनियम उत्खनन गर्न सम्झौता भएको छैन : परराष्ट्रमन्त्रीको

चरीबाघको छाला सहित २ जना पक्राउ

चरीबाघको छाला सहित २ जना पक्राउ

हरिवंश बचत तथा ऋण सहकारी तेस्रो साधरण सभा सम्पन्न

हरिवंश बचत तथा ऋण सहकारी तेस्रो साधरण सभा सम्पन्न

राष्ट्रिय संगीतकर्मी संघ कास्कीमा सुनिल गायक

राष्ट्रिय संगीतकर्मी संघ कास्कीमा सुनिल गायक

Privity of Contract and its Specifications with Reference to Nepal

Socialist Legal System: An Assessment of Theory and Practice With Special Reference to Nepal 

PARALEGALS AND THEIR PROFESSION WITH REFERENCE TO LEGAL PROFESSION OF NEPAL

शुक्लागण्डकीमा करिब ४ किलो गाँजा बरामद