पोखरा । पोखरा महानगरपालिका २ अर्चलबोट डेरा गरी बस्ने माछापुच्छ्रे गाउँपालिका १ घर भएका ५० वर्षीय राम बहादुर पुनको कोठामा जुवातास खेलिरहेको अवस्थामा ९ जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
उनको कोठामा जुवातास खेलिरहेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको प्रहरीले उनीहरूलाई नगद १ लाख २४ हजार ७ सय ३० रूपैयाँ, ४ बुक तास र १ थान तन्ना सहित फेला पारी पक्राउ गरेको हो ।
प्रतिक्रिया लेख्नुहोस्:-