काठमाडौं, १२ बैशाख । नेपाली कांग्रेस कास्कीका नेता ऋषि सापकोटाले पोखरा महानगरिपालिकाको मेयरमा उम्मेदवारी दर्ता गरेका छन् । नेता सापकोटाले आगामी बैशाख ३० गते हुने स्थानीय चनावको लागि स्वत्रन्त्रबाट उम्मेदवारी दर्ता गराएका हुन् । उनले काँग्रेसका्े चार तारे झण्डा नै प्रयोग गरेर व्यान सहित प्रचारमा लागेका छन् ।
गठबन्धनको तर्फबाट एकीकृत समाजवादीका धनराज आचार्य मेयरको उम्मेदवार बनेका छन् । गठबन्धनको नाममा कार्यकर्तालाई अन्य पार्टीको चिन्हमा मत दिन बाध्य पारेको भन्दै उम्मेदवारी दिन लागकोे सापकोटाले बताए । उनले गठबधनको आफुलेउम्मेदवारी दिएको बताए । मंगलबार पत्रकार सम्मेलन गर्दै आफुले कुनैपनि हालतमा उम्मेदवारी फिर्ता नगर्ने बताएका छन् ।
गठबन्धन गर्दा नेकपा एकीकृत समाजवादीलाई मेयरको भाग परेको छ । कांग्रेसका असन्तृष्ट नेता तथा कार्यकर्ताहरुले जिल्ला कार्य समितिको कार्यालयमा समेत तालाबन्दी गरेका छन् । सापकोटा पुर्व कास्की जिल्ला कोषाध्यक्ष समेत हुन् ।
पोखरालाई सफा र सुन्दर बनाउने योजना सहित सापकोटाले ३५ बुदे योजना सार्वजनिक गरेका छन् ।
प्रतिक्रिया लेख्नुहोस्:-