२०८३ असार २६, शुक्रबार
प्रिती बाट युनिकोड
Gandaki Press
lJMN6.gif
  • गृहपृष्ठ
  • समाचार
  • अपराध
  • समाज
  • राजनिती
  • अर्थ
  • खेलकुद
  • शिक्षा/स्वास्थ्य
  • साहित्य/मनोरञ्जन
  • अन्तर्वार्ता
  • अन्तराष्ट्रिय
  • यस भित्र
    • पर्यटन
    • विचार
    • राशिफल
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृहपृष्ठ
  • समाचार
  • अपराध
  • समाज
  • राजनिती
  • अर्थ
  • खेलकुद
  • शिक्षा/स्वास्थ्य
  • साहित्य/मनोरञ्जन
  • अन्तर्वार्ता
  • अन्तराष्ट्रिय
  • यस भित्र
    • पर्यटन
    • विचार
    • राशिफल
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
Gandaki Press
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

७५३ वटै पालिकामा सवा लाख उम्मेदवार, मुख्य प्रतिस्पर्धा सत्ता गठबन्धन र एमालेबीच

गण्डकी प्रेस
बैशाख १३, २०७९ ०७:०० मा प्रकाशित
प्रमुख समाचार, राजनिती, समाचार, समाज
तीन राजनीतिक दलको दल दर्ता खारेज
16
SHARES
Share on FacebookShare on Twitter


काठमाडौँ — संविधान जारी भएपछि दोस्रो पटक हुन लागेको स्थानीय तह निर्वाचनमा सोमबार ७५३ वटै पालिकामा राजनीतिक दल र स्वतन्त्र उम्मेदवारले उत्साहजनक रूपमा मनोनयन दर्ता गराएका छन् । निर्वाचनमा सत्ता गठबन्धनका पाँच दल र प्रमुख प्रतिपक्ष एमालेबीच मुख्य प्रतिस्पर्धा हुँदै छ ।

उम्मेदवारहरू बाजागाजासहित उम्मेदवारी दर्ता गर्न निर्वाचन आयोग पुगेका थिए । सोमबार राति १ बजेसम्म प्रमुख, उपप्रमुख, वडाध्यक्ष र सदस्य गरी १ लाख १८ हजारभन्दा बढीको उम्मेदवारी परेको निर्वाचन आयोगले जनाएको छ । ३५ हजार २ सय २१ पदमा हुने निर्वाचनमा उम्मेदवारीका लागि आइतबार र सोमबार तोकिएको थियो ।

आयोगका अनुसार महानगर, उपमहानगर र नगरपालिकाको प्रमुखमा २ हजार ९ सय ८७ र उपप्रमुखमा १ हजार ८ सय ५२ जनाको उम्मेदवारी परेको छ । गाउँपालिका अध्यक्षमा ३ हजार १ सय ८ र उपाध्यक्षमा २ हजार १ सय ८२ जनाले उम्मेदवारी दर्ता गराएको आयोगले जनाएको छ । वडाध्यक्षमा २८ हजार २ सय १४, महिला सदस्यमा १९ हजार ९ सय ३४, दलित महिला सदस्यमा १७ हजार ९ सय ९७ र वडा सदस्यमा ४१ हजार ८ सय ४२ जनाले उम्मेदवारी दिएका छन् । ‘यो तथ्यांक अन्तिम होइन, विवरण अद्यावधिक भइरहेको छ,’ आयोगका प्रवक्ता शालिग्राम पौडेलले भने, ‘मनोनयनपत्र दर्ता गरेका उम्मेदवारको सूची प्रकाशन भएपछि मात्रै यकिन उम्मेदवारको विवरण थाहा हुन्छ ।’ नेटवर्कमा समस्या भएकाले विवरण अद्यावधिक गर्न ढिलाइ भएको आयोगले जनाएको छ ।

गत स्थानीय निर्वाचनमा १ लाख ५१ हजार
१ सय ९० जनाले उम्मेदवारी दिएका थिए । मनोनयनपत्र दर्ता कार्यक्रम उत्साहजनक भएको प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले बताए । ‘यो निर्वाचनमा सबै दलले सहभागिता जनाएका छन्,’ उनले भने, ‘राजनीतिक दृष्टिकोणले यो निर्वाचन आमसहमतिबाट हुँदै छ भन्ने राम्रो सन्देश दिएको छ ।’

प्रमुख दल मात्रै नभई आयोगमा दर्ता नभएका दल पनि स्वतन्त्र उम्मेदवारी दिएर निर्वाचन प्रक्रियामा सहभागी भएका छन् । काठमाडौं महानगरपालिकाको प्रमुखमा ५६ जनाको उम्मेदवारी परेकामा ३५ जना स्वतन्त्र छन् । त्यस्तै ललितपुर महानगर प्रमुखमा १४ जनाको उम्मेदवारी परेकामा ३ जना स्वतन्त्र छन् । भरतपुर महानगरको प्रमुखमा ३० जनाको उम्मेदवारी परेकामा १४ जना स्वतन्त्र छन् । पोखरामा २६ जनाको उम्मेदवारी परेकामा ९ जना स्वतन्त्र छन् । विराटनगर महानगरमा ११ जनाको उम्मेदवारी परेकामा २ जना मात्रै स्वतन्त्र छन् । आयोगमा दल दर्ता नगराएका नेत्रविक्रम चन्द नेतृत्वको पार्टीका उम्मेदवारले स्वतन्त्रबाट उम्मेदवारी दिएका छन् ।

दाङ, कपिलवस्तु, गुल्मी, कालीकोट, रोल्पालगायत जिल्लामा चन्दले उम्मेदवार उठाएका छन् । निर्वाचन आयोगमा दर्ता भएका १ सय ११ दलमध्ये निर्वाचन प्रयोजनका लागि ७९ दल दर्ता भएका छन् । सक्रिय सबैजसो दलले निर्वाचनमा सहभागिता जनाएको आयोगले जनाएको छ । काठमाडौं महानगरको प्रमुखमा २१ दलका उम्मेदवारले प्रमुखमा दाबी गरेका छन् ।

निर्वाचन आयोगले राति ११ बजे सार्वजनिक गरेको विवरणअनुसार प्रदेश १ मा सबैभन्दा बढी उम्मेदवार मोरङमा ३ हजार ५ सय ८२, प्रदेश २ मा सर्लाहीमा सबैभन्दा बढी ३ हजार ६ सय ३७, काठमाडौंमा २ हजार १०, काभ्रेपलाञ्चोकमा २ हजार ३ सय, गण्डकीको स्याङ्जामा सबैभन्दा बढी १ हजार ३ सय ९२ जनाले उम्मेदवारी दिएका छन् । लुम्बिनी प्रदेशको बाँकेमा १ हजार ८ सय ९६ जनाको उम्मेदवारी परेको आयोगले जनाएको छ । कर्णालीको प्रारम्भिक विवरणमा सबैभन्दा बढी दैलेखमा १ हजार ४ सय २४ जनाको उम्मेदवारी परेको छ । सुदूरपश्चिम प्रदेशमा कञ्चनपुरमा सबैभन्दा बढी १ हजार ३ सय ९० जनाले मनोनयन दर्ता गराएका छन् । यो तथ्यांक कुल १ लाख ४ हजार १ सय २३ उम्मेदवारको विवरणका आधारमा उल्लेख छ ।

स्थानीय निर्वाचन हुनेबारे आशंका गरिए पनि वैशाख ३० मा निर्वाचन हुने पक्का भएको छ । ‘धेरै मान्छेलाई निर्वाचन नहुने हो कि भन्ने आशंका थियो, मनोनयन दर्ता भइसकेपछि निर्वाचन सुनिश्चित भएको छ,’ पूर्वप्रमुख निर्वाचन आयुक्त भोजराज पोखरेलले भने, ‘चुनाव हुन्न कि भन्ने आशंकालाई जनताले गलत साबित गरिदिए ।’ उम्मेदवार छनोट माथिल्लो तहबाट हुँदा विकृति देखिएको उनले बताए । ‘उम्मेदवारी दर्ता गर्ने अन्तिम समयसम्म पनि दलहरूले उम्मेदवारको टुंगो लगाउन सकेनन्, यसले दलको पारदर्शितामा शंका उब्जिएको छ, यसले दलहरूलाई नै कमजोर बनाउने भयो,’ उनले भने ।

विगतमा जतिसुकै विद्रोह भए पनि निर्वाचन नै उचित राजनीतिक माध्यम भएको पूर्वप्रमुख निर्वाचन आयुक्त पोखरेलले बताए । ‘दलहरूले जनताको मत नै म्यान्डेट रहेछ भन्ने बुझे,’ उनले भने, ‘आमजनता निर्वाचनको पक्षमा छन् । नेताहरूले जनताको क्यारेक्टर देखेपछि निर्वाचन बहिष्कार गर्ने, भाँड्ने, हिंसा गर्ने प्रवृत्ति हट्दै गयो ।’ राजनीतिक दल र कुनै समूह विरोध छाडेर निर्वाचनमा सहभागी हुँदा लोकतन्त्रलाई बलियो बनाउने पूर्वप्रमुख आयुक्त नीलकण्ठ उप्रेतीले बताए । ‘विगतको निर्वाचनमा विरोध गर्ने, हिंसात्मक गतिविधि गर्ने दल र समूहहरू पनि निर्वाचनमा सहभागी भएका छन्, यसले लोकतन्त्रलाई सुदृढ पार्नेछ,’ उप्रेतीले भने, ‘पहिला ३० भन्दा बढी दलले विरोध गर्दा पनि निर्वाचन भएको थियो । उम्मेदवारी दिएको दिन नै बन्द आह्वानसमेत भएको थियो, यसपालि कुनै पनि दलले विरोध गरेका छैनन्,’ उनले भने, ‘संविधानको मर्मअनुसार ५ वर्षमा निर्वाचन हुँदै छ । अब देश अघि बढ्यो । निर्वाचन निरन्तर गराउनेतर्फ पनि थिति बस्यो । त्यसकै फलस्वरूप आजको निर्वाचन प्रक्रिया सुरु भएको हो । हामी परिपक्व हुँदै गएका छौं ।’

मतदाताको विद्वताले लोकतन्त्रलाई संस्थागत गर्न मद्दत गर्दै आएको उनले बताए । ‘ताप्लेजुङको ओलाङचुङगोलाको मतदाता र कञ्चनपुरको दोधारा चाँदनीका मतदाताबीच आपसमा भेट नभए पनि उनीहरूले लोकतन्त्र बलियो बनाउने काम गर्छन्, लोकतन्त्रलाई संस्थागत गर्न मतदाताले योगदान दिइरहन्छन्,’ उनले भने ।

अघिल्लो स्थानीय तह निर्वाचनमा मनोनयन दर्ता एक दिन मात्रै राख्दा समस्या भएपछि यसपालि दुई दिन समय राखिए पनि ठूला दलले दोस्रो दिनको अन्तिम घडीमा मात्रै उम्मेदवारी दर्ता गराएका छन् । ‘छिटपुट घटनाबाहेक कुनै अप्रिय घटना भएको जानकारी आएको छैन, मनोनयन उत्साहजनक नै भयो,’ प्रमुख निर्वाचन आयुक्त थपलियाले भने । उम्मेदवारी दिने अन्तिम समयमा दलहरूले मनोनयनपत्र दिने व्यक्तिको नाम फेरबदलसमेत गरेको आयोगले जनाएको छ । एउटै पार्टीका एकभन्दा बढी व्यक्ति पार्टीको आधिकारिक पत्र लिएर निर्वाचन अधिकृतको कार्यालयमा मनोनयन दर्ता गर्न पुगेका थिए ।

दलका तर्फबाट उम्मेदवारी दिने व्यक्तिको मनोनयनपत्रमा कसको हस्ताक्षर हुने भन्ने निर्वाचन प्रयोजनका लागि दल दर्ता गर्दा नै यकिन भएको थियो । मनोनयन गर्दा यसअघि तोकिएको व्यक्तिको भन्दा फरक हस्ताक्षर भएको पत्र लिएर निर्वाचन अधिकृतको कार्यालयमा आएको आयोगले जनाएको छ । प्रदेश र प्रतिनिधिसभाको समानुपातिक बन्द सूचीमा रहेका व्यक्तिहरूलाई दलको आधिकारिक पत्रबिना आयोगले हटाउन सक्दैन । दल टुटफुट भए पनि बन्दसूचीमा रहेका व्यक्तिको नाम नहटाइएकाले केहीले उम्मेदवार बन्न नपाएको थपलियाले बताए ।

सम्बन्धित समाचार

मुस्ताङमा युरेनियम उत्खनन गर्न सम्झौता भएको छैन : परराष्ट्रमन्त्रीको
प्रमुख समाचार

मुस्ताङमा युरेनियम उत्खनन गर्न सम्झौता भएको छैन : परराष्ट्रमन्त्रीको

पोखरा ३२ सार्वजनिक सुनुवाइ सम्पन्न, वडाको मुहार परिर्वतन भएको छ अध्यक्ष: कार्की
प्रमुख समाचार

पोखरा ३२ सार्वजनिक सुनुवाइ सम्पन्न, वडाको मुहार परिर्वतन भएको छ अध्यक्ष: कार्की

निर्वाचन प्रक्रियामाथि प्रश्न उठाउँदै पूजा वास्तोलाद्वारा सर्वोच्च जाने घोषणा
प्रमुख समाचार

निर्वाचन प्रक्रियामाथि प्रश्न उठाउँदै पूजा वास्तोलाद्वारा सर्वोच्च जाने घोषणा

पोखरामा पूर्वीय वाङ्मय ज्योतिष सम्मेलन सम्पन्न
समाचार

पोखरामा पूर्वीय वाङ्मय ज्योतिष सम्मेलन सम्पन्न

रास्वपा गण्डकीको सभापति दौडमा डा. हरि कार्की ?
राजनिती

रास्वपा गण्डकीको सभापति दौडमा डा. हरि कार्की ?

सन्तु हत्या आराेपमा जाेडिए रास्वपा नगर अध्यक्ष श्रेष्ठ
अपराध

सन्तु हत्या आराेपमा जाेडिए रास्वपा नगर अध्यक्ष श्रेष्ठ

प्रतिक्रिया लेख्नुहोस्:-





हाम्रो बारे

'समाजको ऐना, हामी सत्यमा विश्वास गर्छौं।' गण्डकी प्रेस पोखराबाट सञ्चालित अनलाइन न्युज पोर्टल हो । यस न्युज पोर्टल मार्फत हाम्रो समाज हुने गरेका विकृति, विसंगति, सामाजिक विषयवस्तु, विकास एवं विभिन्न घटनाहरुको सम्प्रेषण गर्दै समुदायलाइ सु-सुचित गर्ने हाम्रो उदेश्य हो ।

गण्डकी प्रेस प्रा.लि. द्वारा संचालित
सूचना तथा प्रशारण विभाग दर्ता नं. २६१४/०७७-०७८ 

हाम्रो समूह

समाचार प्रमुख सुरेशराज अधिकारी
कानूनी सल्लाहाकार  बिमल प्र. लामिछाने
सम्पादक  सुशीलराज अधिकारी
संवाददाता  विष्णु प्र. बसौला
बिनिता सुनार
राज कुमार घिमिरे
ऋषि खतिवडा

सामाजिक सञ्जाल

Facebook Twitter Instagram RSS

सम्पर्क

गण्डकी प्रेस प्रा.लि.
पोखरा -०९, कास्की
gndakipress@gmail.com
सम्पर्क : +977 - 9856000233

© 2021 All Right Reserved With Gandaki Press - Designed by MPG Solution.

  • Privacy Policy
  • गण्डकी प्रेस
  • प्रिती बाट युनिकोड
  • राशिफल
  • समाचार
  • सम्पर्क
  • सामाजिक सञ्जाल बाट
  • हाम्रो बारे
  • हाम्रो समूह

कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृहपृष्ठ
  • समाचार
  • अपराध
  • समाज
  • राजनिती
  • अर्थ
  • खेलकुद
  • शिक्षा/स्वास्थ्य
  • साहित्य/मनोरञ्जन
  • अन्तर्वार्ता
  • अन्तराष्ट्रिय
  • यस भित्र
    • पर्यटन
    • विचार
    • राशिफल

© 2026All Right Reserved WithGandaki Press - Designed by MPG Solution.

ताजा खबरहरु

मुस्ताङमा युरेनियम उत्खनन गर्न सम्झौता भएको छैन : परराष्ट्रमन्त्रीको

मुस्ताङमा युरेनियम उत्खनन गर्न सम्झौता भएको छैन : परराष्ट्रमन्त्रीको

पोखरा ३२ सार्वजनिक सुनुवाइ सम्पन्न, वडाको मुहार परिर्वतन भएको छ अध्यक्ष: कार्की

पोखरा ३२ सार्वजनिक सुनुवाइ सम्पन्न, वडाको मुहार परिर्वतन भएको छ अध्यक्ष: कार्की

निर्वाचन प्रक्रियामाथि प्रश्न उठाउँदै पूजा वास्तोलाद्वारा सर्वोच्च जाने घोषणा

निर्वाचन प्रक्रियामाथि प्रश्न उठाउँदै पूजा वास्तोलाद्वारा सर्वोच्च जाने घोषणा

पोखरामा पूर्वीय वाङ्मय ज्योतिष सम्मेलन सम्पन्न

पोखरामा पूर्वीय वाङ्मय ज्योतिष सम्मेलन सम्पन्न

रास्वपा गण्डकीको सभापति दौडमा डा. हरि कार्की ?

रास्वपा गण्डकीको सभापति दौडमा डा. हरि कार्की ?

सन्तु हत्या आराेपमा जाेडिए रास्वपा नगर अध्यक्ष श्रेष्ठ

सन्तु हत्या आराेपमा जाेडिए रास्वपा नगर अध्यक्ष श्रेष्ठ

प्रथम महिला फुटसल लिग विवाद सहमतिमा टुंगियो, बौद्ध क्लबले दियो धन्यवाद

प्रथम महिला फुटसल लिग विवाद सहमतिमा टुंगियो, बौद्ध क्लबले दियो धन्यवाद

‘एसईई डान्स र किड्स डान्स च्याम्पियनसिप तथा ‘स्रष्टा सम्मान’ सम्पन्न

‘एसईई डान्स र किड्स डान्स च्याम्पियनसिप तथा ‘स्रष्टा सम्मान’ सम्पन्न

पोखरा महिला फुटसल लिग विवादमा, आयोजकको गम्भिर लापरवाहिले टिमलाई ठूलो मर्का

पोखरा महिला फुटसल लिग विवादमा, आयोजकको गम्भिर लापरवाहिले टिमलाई ठूलो मर्का

चर्चित खबरहरु

रुपामा पहिलो पटक फुटबल प्रतियोगिता दोभान कप सुरु, पहिलो खेलमा बिजि गाइज विजयी

रुपामा पहिलो पटक फुटबल प्रतियोगिता दोभान कप सुरु, पहिलो खेलमा बिजि गाइज विजयी

Models of Constitution Making with Reference to Nepal

BAR-BENCH RELATION IN NEPAL

मुस्ताङमा युरेनियम उत्खनन गर्न सम्झौता भएको छैन : परराष्ट्रमन्त्रीको

मुस्ताङमा युरेनियम उत्खनन गर्न सम्झौता भएको छैन : परराष्ट्रमन्त्रीको

चरीबाघको छाला सहित २ जना पक्राउ

चरीबाघको छाला सहित २ जना पक्राउ

हरिवंश बचत तथा ऋण सहकारी तेस्रो साधरण सभा सम्पन्न

हरिवंश बचत तथा ऋण सहकारी तेस्रो साधरण सभा सम्पन्न

राष्ट्रिय संगीतकर्मी संघ कास्कीमा सुनिल गायक

राष्ट्रिय संगीतकर्मी संघ कास्कीमा सुनिल गायक

Privity of Contract and its Specifications with Reference to Nepal

Socialist Legal System: An Assessment of Theory and Practice With Special Reference to Nepal 

PARALEGALS AND THEIR PROFESSION WITH REFERENCE TO LEGAL PROFESSION OF NEPAL

शुक्लागण्डकीमा करिब ४ किलो गाँजा बरामद