पोखरा । राप्रपाबाट पोखरा महानगरपालिकाको मेयर पदका उमेदवार बनेका शंकर खराल र उप मेयरको उम्मेदवार दिएकी रञ्जना सेन पौडेल (रञ्जु)ले उमेदवारी दर्ता गर्नु अघि विन्ध्यावासिनी मन्दिरमा पुगी भ्रष्टाचार नगर्ने कसम खाएका छन् ।
पोखरा वन्धयवासिनी मन्दिरमा निर्वाचन अधिकृतको कार्यालयमा पुगेर उम्मेदवारी दर्ता गर्नु अघि खरालले विन्ध्यावासिनी मन्दिरमा कसम खाएका हुन्।
राप्रपाका केन्द्रीय अध्यक्ष राजेन्द्र लिङ्देनले पनि सांसदको रुपमा शपथ लिँदा भ्रष्टाचार नगर्ने शब्द थपेर शपथ लिएका थिए। स्थानीय तहको निर्वाचनमा राप्रपाले भ्रष्टाचारको विषयलाई प्रधान विषय बनाउँदै आएको छ। सोमबारदर्ता गर्ने जिल्ला सदस्य संन्दिप धमलाले जानकारी दिए ।
प्रतिक्रिया लेख्नुहोस्:-