Your message has been sent
पर्वत । गत असोज ८ गते पर्वत जलजला गाउँपलिका माजफाटकी ३२ वर्षीय सरस्वती नेपाली माजफाटबाट एक जिपमा बेनी झर्दै थिइन् । अचानक जिपको ढोका खुलेर उनी लडिन् ।
उक्त दिन देखी सरस्वती होसमा छैनीन् । हालसम्म टाउकोको मात्र २ वटा अप्रेशन भएको छ । उनको शरिरको कुनैपनि अंग चल्दैन । भर्खरै जन्मेको बच्चाको जस्तो अवस्थामा उनी छिन् । घरिघरि आँखाको नानी मात्र चल्छ उनको । उनलाई उपचार पोखराको पश्मिाञ्चल क्षेत्रीय अस्पताल, मनिपाल शिक्षण अस्पताल, मेट्रो सिटीमा उपचार भइसकेको छ ।

घटना हुन भन्दा अघि वैदेशीक रोजगारीमा विदेश साउदीमा भएका उनका श्रीमान गोरे नेपालीले नै सरस्वती थला परेदेखी नेपाल नै छन् । श्रीमतको स्याहार सुसारमा उनको दैनिकी कटेको छ । अहिले उनीहरुको आम्दानी रोकीएको छ । यता सरस्वती र २ छोराको पढाईको खर्च भने झन बढको छ । यता विदेश गएर कमाउने गोरे पनि श्रीमतीको हेचाहामा लाग्नुपरेको छ ।

उनी बिरामी भएपछी उपचारको लागि मात्र करिब ५५ लाख खर्च भएको छ । हाल गोरेसंग भएको पैसा सकिएपछी अस्पतालबाट सरस्वतीलाई ४० दिन देखी घरमा नै राखिएको छ । अस्पतालमा राखेर उपचार गर्दा महिनाको ४ लाख रुपैयाँ उपचारमा मात्र खर्च हुने श्रीमान गोरे बताउछन् । घरमा राख्दा पनि उनलाई दैनिक हजारौको ओैषधी खुवाउनपर्छ ।
पछिल्लो समयमा सरस्वतीको ज्यान जोगाउन मात्र विभिन्न संघ संस्था तथा व्यक्तिले उनलाई सहयोग गर्दै आएका छन् । उनलाई पानसीने आमा समूहले ५ हजार ५५ रुपैयाँ, पारुथर आमा समूहबाट ३४ हजार ५ सय ५० रुपैयाँ, फुलमाया मार्फत २३ हजार ६ सय ३९ रुपैयाँ, कोरियाा ढासुरामले २० हजार सहयोग गरेका छन् । एमालेका कार्याकताले २१ हजार रुपैयाँ सहयोग गरेका छन् ।
राताढुङ्गा दिदी आमा समूहले ११ हजार ५ सय सहयोग गरेका छन् । राताढुङ्गा दिदी आमा समूह अध्यक्ष फुलमाया विभिन्न संस्था तथा व्यक्तिको सहयोगले मात्र उनको ज्यान बचाउन सकिने भएको कारण सहयोगमा जुट्न सबैलाई आग्रह गरिन ।
सरस्वतीलाई सहयोग गर्न उनका श्रीमान गोरे नेपाली ९८१८८३११७३ मा सम्पर्क गर्न सकिने छ ।






























प्रतिक्रिया लेख्नुहोस्:-