पोखरा । पोखरा महानगरपालिका प्रमुखको उम्मेदवारका लागि नेकपा एकीकृत समाजवादीले १४ जनाको नाम सिफारिस गरेको छ ।
आइतबार बसेको एकीकृत समाजवादीको जिल्ला कमिटीको बैठकले मेयरको उम्मेदवारका लागि १४ र उपप्रमुखको उम्मेदवारका लागि ४ जनाको नाम सिफारिस गरेको एकीकृत समाजवादी स्रोतले जानकारी दिएको छ ।

एकीकृत समाजवादीबाट जिल्ला अध्यक्षसमेत रहेका धनराज आचार्य, पर्यटन व्यवसायी नवराज अधिकारी, अधिकारी पार्टीको पर्यटन व्यवसायी संगठाका केन्द्रिय सदस्य, खेलकुद महासंघका केन्द्रिय सचिवालय सदस्य र जिल्ला कमिटिका सचिवालय सदस्य हुन ।

श्रीनाथ बराल, प्रेमबहादुर थापा, दामोदर शर्मा, देवेन्द्र बास्तोला, दाताराम आचार्य, मदनकाजी श्रेष्ठ, विजय बाबु वनबासी, भीमा पौडेल, दुर्गाप्रसाद सुवेदी, दिलु पन्त, नारायण बास्तोला र चित्रप्रसाद आचार्य मेयरको उम्मेदवारका लागि सिफारिस भएको छ ।

त्यस्तै, महाननगरको उपप्रमुखको उम्मेदवारका लागि ४ जनाले नाम दिएका छन् । जसमा जिल्ला सचिव होम नेपाली, पूर्ण लामा, संगीता शर्मा र महेन्द्र गुरुङ रहेका छन् । ‘पोखराको मेयरमा हामीले पाउने चर्चा छ ।

एसले पोखरा महानगरपालिका र तीन उपमहानगरपालिको प्रमुख आफ्नो दलले पाउनुपर्ने बताएको छ । महानगरपालिकाको नेतृत्व नदिने भए चुनावी तालमेलबारे थप छलफल गर्न नसकिने एकीकृत समाजवादीका नेताहरूले बताएका छन् ।
आइतबारै भएको सत्तारुढ गठबन्धनको तयारी र अनुगमन संयन्त्रको बैठकमा महासचिव बेदुराम भुसाल र विजय पौडेलले पोखरा महानगरको नेतृत्व पाउनुपर्ने दाबी गरे । इटहरी, हेटौँडा र बुटवल वा तुलसीपुरमध्ये एक उपमहानगरपालिकाको नेतृत्व र घोराही, जनकपुर र नेपालगन्जको उपमेयरको उम्मेदवारहरू आफूहरूलाई चाहिने एकीकृत समाजवादीको दाबी छ ।






























प्रतिक्रिया लेख्नुहोस्:-