पोखरा । बलात्कार अभियोगमा नायक पल शाहा थुनामा रहेका छन् । तर पल शाह प्रकरणमा पीडित भनिएकी आफुमाथी बलत्कार नभएको भन्दै नाबालिकाले गायिकाले बयान फेरेकी छन्।
जिल्ला अदालत तनहुँ र नवलपुर दुवैको आदेशले पल पुर्पक्षका लागि थुनामा गएका थिए । नाबालिगले ‘होस्टाइल’ हुँदै बयान फेरेको स्रोतको दाबी छ । गाइकालाइ आइतबार जिल्ला अदातल तनहुँ अदालतले थुनछेक आदेशपछि बकपत्र गराइरहेको थियो । त्यसक्रममा जिल्ला अदालत तनहुँमा जारी बकपत्रका क्रममा पीडित भनिएकी नाबालिगले बयान फेरेकी हुन्।
बालिकाले संगै बसेपनि बलत्कार नभएको बयान अदालतमा दिएकी छन् । प्रभाव र दबाबमा परेर त्यस्तो आरोप लगाएको अदालतसमक्ष बयान दिएकी छन्। पललाई गत चैत २३ गते जिल्ला अदालत नवलपुरले पनि पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको थियो। कृष्ण जोशीसँग एक लाख धरौटी मागमा छाडिएको थियो ।
थुनछेक बहसपछि जिल्ला न्यायाधीश अर्जुन अधिकारीको इजलासले पुर्पक्षका लागि तनहुँ कारागारमै पठाउन आदेश दिएको थियो।
तनहुँ अदालतबाट भएको आदेशविरुद्ध उनले उच्च अदालत पोखरामा पुनरावेदन गरिसकेका छन्। उनको निवेदनमाथि सुनुवाइ गर्दै उच्च अदालतले यससम्बन्धी कैफियत प्रतिवेदन झिकाइसकेको छ।






























प्रतिक्रिया लेख्नुहोस्:-