काठमाडौं । स्याङजा, वालिङ नगरपालिका १२ डाडाखर्कस्थित सडकमा ग १ ज ७३९९ नम्बरको जिप सडकबाट करिब २ सय मिटर तल खसेर आइतबार बिहान दुर्घटना हुँदा जिपमा सवार सोही नगरपालिका १२ डाडाखर्क बस्ने २५ वर्षीया शर्मीला सारु र उनकै ७ महिनाको छोरा सहित ५ जनाको घटनास्थलमै मृत्यु भएको छ । दुर्घटनामा घाइते भएका अन्य ६ जनालाई प्राथमिक स्वास्थ्य केन्द्र वालिङ हुँदै थप उपचारको लागि गण्डकी मेडिकल कलेज पोखरा पठाइएको छ । घाइतेमध्ये ४ जनाको अवस्था गम्भीर र २ जनाको मध्यम रहेको छ ।
धादिङ, बेनिघाट रोराङ गाउँपालिका ३ सलाङघाटस्थित सडकमा बा ४ ख २७०४ नम्बरको हाईस आइतबार बिहान दुर्घटना हुँदा हाइसमा सवार तनहुँ दमौली रत्नहरी अस्पतालमा कार्यरत २६ वर्षीया मुना गुरुङको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएकी उनको नर्भिक अस्पताल काठमाडौंमा उपचारको क्रममा मृत्यु भएको छ । उक्त हाईसले ओभरटेक गर्ने क्रममा बा ८ च ७०३६ नम्बरको कारलाई ठक्कर दिई पुनस् ना ८ ख २०१४ नम्बरको ट्रकसँग ठक्कर खाँदा उक्त दुर्घटना भएको बताइएको छ । दुर्घटनामा घाइते भएका हाईस चालक समेत १४ जनालाई राजमार्ग अस्पताल मलेखु, गजुरी अस्पताल र मलेखु टिचिङ अस्पताल हुँदै थप उपचारका लागि नर्भिक अस्पताल काठमाडौं रिफर गरिएको छ । कार चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ भने हाल फरार ट्रक चालकको खोजी गरिरहेको छ ।
सर्लाही, मलंगवा नगरपालिका १२ गम्हरियास्थित सडकमा बीआर ०६ पीएफ १०७४ नम्बरको मिनी बसको ठक्करबाट साईकलयात्री कबिलासी नगरपालिका ९ बस्ने ५८ वर्षीय शंकर रायको आइतबार दिउँसो मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएका उनको प्रादेशिक अस्पताल मलंगवामा उपचारको क्रममा मृत्यु भएको छ । हाल फरार बसका चालकको प्रहरीले खोजी गरिरहेको छ ।
'समाजको ऐना, हामी सत्यमा विश्वास गर्छौं।' गण्डकी प्रेस पोखराबाट सञ्चालित अनलाइन न्युज पोर्टल हो । यस न्युज पोर्टल मार्फत हाम्रो समाज हुने गरेका विकृति, विसंगति, सामाजिक विषयवस्तु, विकास एवं विभिन्न घटनाहरुको सम्प्रेषण गर्दै समुदायलाइ सु-सुचित गर्ने हाम्रो उदेश्य हो ।
गण्डकी प्रेस प्रा.लि. द्वारा संचालित
सूचना तथा प्रशारण विभाग दर्ता नं. २६१४/०७७-०७८






























प्रतिक्रिया लेख्नुहोस्:-