पोखरा । नेकपा माओवादी केन्द्र केन्द्रीय सदस्य एवं कास्कीका इन्चार्ज राजकाजी गरुङ (करण)ले माओवादीले संघर्ष गरेर राजनैतिक ब्यवस्था बदलेको र अव जनताको अबस्था बदल्ने बताए । पोखरा महानगर वडानं २६को आइतबार निर्वाचन सम्पर्क कार्यालयको उदघाटन गर्दे उक्त कुरा बताए ।
उनले राजनैतिक ब्यवस्था परिवर्तन भएपनि जनताको अवस्थामा परिवर्तन नआएकोले स्थानीय तह माओवादीले जित्नुपर्ने आवश्यकता रहेको ठोकुवा गरे । पोखरा महानगरमा ५ बर्ष खेरा गएको भन्दै अबपनि उहि पार्टीलाई मतदानगरे पोखरानै विकास निर्माण समृद्धिमा पछि पर्ने उनको भनाई थियो । पोखरा महानगरका अहिलेका प्रतिनिधिले सार्वजनिक सम्पती दोहोन गर्ने, महानगरको आर्थिक हिनामिना गरेको, बेरुजु बाहेक अरु केही नगरेको जनाए ।
नेकपा माओबादी केन्द्रका केन्दीय सदस्य एवं पोखरा महानगर इन्चार्ज दीपक कोइराला (रुपक)ले नेकपा माओबादी केन्द्रले पोखरा महानगरका २० वटा भन्दा बढी वडामा निर्वाचन सम्पर्क कार्यालय स्थापना गरि सकेको जनाए । माओवादीले संघर्ष गरेर ल्याएको ब्यवस्था बचाउनको लागि गठबन्धन गरेर चुनावमा जानुपरेको बताए । एमाले राजाबादी संग मिलेर अहिलेको उपल्धी उल्टाउन चाहेकोले देशभक्तहरुले गठबन्धनको पक्षमा मतादान गर्नुपर्ने उनको भनाई थियो । एमालेकै नेताहरुले एमाले अब रामले भएको बताए ।
नेता रुपकले माओबादी ज्यानको बाजी थापेर युद्धबाट आएको पार्टी भएकोले एक निर्बाचन जितिन्छ की हारिन्छ नभई ब्यवस्था बचाउनको लागि गठबन्धन गरेको बताए । उनले यदि गठबन्धनकै दलका नेताहरुबाट गठबन्धन विरुद्ध कुराहरु आए माओवादी एक्लै चुनाव लड्न तयार रहेको बताए ।
कार्यक्रममा नेकपा माओवादी केन्द्रका अनुशासन आयोगका सदस्य कोमलनाथ बराल, राष्ट्रिय भुमि आयोग कास्कीका अध्यक्ष गंगा पोखरेल लगायतले विकास निर्माण संविधानमा भएका जनताको अधिकारहरु कार्यान्वयनको लागि माओवादी र गठबन्धनले चुनाव जित्नुपर्ने बताए ।
पोखरा २६का अध्यक्ष मेघनाथ भण्डारीको अध्यक्षतामा भएको कार्यक्रम सचिव संगिता सुनाम लगायतले आआफ्नो भनाई राखेका थिए ।






























प्रतिक्रिया लेख्नुहोस्:-