२०८३ असार २६, शुक्रबार
प्रिती बाट युनिकोड
Gandaki Press
lJMN6.gif
  • गृहपृष्ठ
  • समाचार
  • अपराध
  • समाज
  • राजनिती
  • अर्थ
  • खेलकुद
  • शिक्षा/स्वास्थ्य
  • साहित्य/मनोरञ्जन
  • अन्तर्वार्ता
  • अन्तराष्ट्रिय
  • यस भित्र
    • पर्यटन
    • विचार
    • राशिफल
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृहपृष्ठ
  • समाचार
  • अपराध
  • समाज
  • राजनिती
  • अर्थ
  • खेलकुद
  • शिक्षा/स्वास्थ्य
  • साहित्य/मनोरञ्जन
  • अन्तर्वार्ता
  • अन्तराष्ट्रिय
  • यस भित्र
    • पर्यटन
    • विचार
    • राशिफल
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
Gandaki Press
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

एमाले पोखराको मेयरका १२ र उपमेयरका ९ आकांक्षी जिल्लामा सिफारिस

गण्डकी प्रेस
बैशाख २, २०७९ १७:३२ मा प्रकाशित
प्रमुख समाचार, समाचार, समाज
निर्वाचन आयोगले जारी गरेको आचारसंहिता नेकपा एमालेले अस्वीकार
33
SHARES
Share on FacebookShare on Twitter

पोखरा । नेकपा एमाले पोखरा महानगर कमिटीले मेयरका १२ र उपमेयरका ९ जना आकांक्षीको नाम जिल्ला कमिटीमा सिफारिस गर्ने भएको छ ।

मेयर र उपमेयरको नाम सिफारिसका लागि आज निर्वाचन हुने भनिए पनि अन्तिम समयमा आएर रोकिएको हो । निर्वाचन कार्यतालिका प्रकाशन गरेर पनि मतदानको समय घर्किएपछि सबैको नाम जिल्ला कमिटीमा सिफारिस गर्ने निर्णय भएको बताइएको छ ।

महानगर प्रमुखको उम्मेद्वार केन्द्रले टुंग्याउने भएपनि एमालेले वैशाख ३० गतेभित्रै उम्मेद्वारका आकांक्षीको नाम सिफारिस गरिसक्न अन्तरपार्टी निर्देशन जारी गरेको थियो ।

कम्तिमा एक महिलासहित बढीमा तीनजना उम्मेद्वार सिफारिस गर्नुपर्ने निर्देशन एमालेको छ । सोही अनुरुप शुक्रबार निर्वाचन गर्ने कार्यतालिका थियो । अन्तिममा आएर महानगर कमिटीले आकांक्षी रहेका सबैलाई उपल्लो कमिटी अर्थात जिल्लामा सिफारिस गर्ने निर्णय गरेको हो । पार्टीको नगर कमिटीले आकांक्षीबीच निर्वाचन प्रक्रिया शुरु गर्दा मेयरमा १२ जना र उपमेयरमा ११ जना आकांक्षीले उम्मेद्वारी दर्ता गराएका थिए ।

मेयरका लागि केन्द्रीय सदस्यहरु भीम कार्की, कृष्णबहादुर थापा, राजीव पहारी र मीनाकुमारी गुरुङ, प्रदेश उपसचिव रश्मी आचार्य, प्रा.डा. विश्वकल्याण पराजुली, पोखरा १३ का वडाध्यक्ष दर्शन लामा, नेताहरु पुष्पज्योती ढुंगाना, पुष्पराज अधिकारी, दीपक पौडेल, बालसिंह काउछा मगर र सावित्री भण्डारी आकांक्षी छन् ।

यस्तै, उपमेयरमा पोखरा १९ का वडाध्यक्ष शोभामोहन पौडेल, नेताहरु वामदेव ढुंगाना, टीकाराम पंगेनी, तेजनारायण अधिकारी, देवका पहारी, जीवनप्रसाद आचार्य, बिनुकुमारी गुरुङ, बलराम गायक र सुश्मा पौडेल आकांक्षी छन् । मेयर र उपमेयरको अन्तिम टुंगो एमाले केन्द्रीय कमिटीले लगाउने छ । नगर कमिटीले जिल्ला र प्रदेश कमिटीमा सिफारिस गरेका नामबाट पार्टी केन्द्रले उम्मेद्वार टुंगो लगाउनेछ ।

सम्बन्धित समाचार

मुस्ताङमा युरेनियम उत्खनन गर्न सम्झौता भएको छैन : परराष्ट्रमन्त्रीको
प्रमुख समाचार

मुस्ताङमा युरेनियम उत्खनन गर्न सम्झौता भएको छैन : परराष्ट्रमन्त्रीको

पोखरा ३२ सार्वजनिक सुनुवाइ सम्पन्न, वडाको मुहार परिर्वतन भएको छ अध्यक्ष: कार्की
प्रमुख समाचार

पोखरा ३२ सार्वजनिक सुनुवाइ सम्पन्न, वडाको मुहार परिर्वतन भएको छ अध्यक्ष: कार्की

निर्वाचन प्रक्रियामाथि प्रश्न उठाउँदै पूजा वास्तोलाद्वारा सर्वोच्च जाने घोषणा
प्रमुख समाचार

निर्वाचन प्रक्रियामाथि प्रश्न उठाउँदै पूजा वास्तोलाद्वारा सर्वोच्च जाने घोषणा

पोखरामा पूर्वीय वाङ्मय ज्योतिष सम्मेलन सम्पन्न
समाचार

पोखरामा पूर्वीय वाङ्मय ज्योतिष सम्मेलन सम्पन्न

रास्वपा गण्डकीको सभापति दौडमा डा. हरि कार्की ?
राजनिती

रास्वपा गण्डकीको सभापति दौडमा डा. हरि कार्की ?

सन्तु हत्या आराेपमा जाेडिए रास्वपा नगर अध्यक्ष श्रेष्ठ
अपराध

सन्तु हत्या आराेपमा जाेडिए रास्वपा नगर अध्यक्ष श्रेष्ठ

प्रतिक्रिया लेख्नुहोस्:-

हाम्रो बारे

'समाजको ऐना, हामी सत्यमा विश्वास गर्छौं।' गण्डकी प्रेस पोखराबाट सञ्चालित अनलाइन न्युज पोर्टल हो । यस न्युज पोर्टल मार्फत हाम्रो समाज हुने गरेका विकृति, विसंगति, सामाजिक विषयवस्तु, विकास एवं विभिन्न घटनाहरुको सम्प्रेषण गर्दै समुदायलाइ सु-सुचित गर्ने हाम्रो उदेश्य हो ।

गण्डकी प्रेस प्रा.लि. द्वारा संचालित
सूचना तथा प्रशारण विभाग दर्ता नं. २६१४/०७७-०७८ 

हाम्रो समूह

समाचार प्रमुख सुरेशराज अधिकारी
कानूनी सल्लाहाकार  बिमल प्र. लामिछाने
सम्पादक  सुशीलराज अधिकारी
संवाददाता  विष्णु प्र. बसौला
बिनिता सुनार
राज कुमार घिमिरे
ऋषि खतिवडा

सामाजिक सञ्जाल

Facebook Twitter Instagram RSS

सम्पर्क

गण्डकी प्रेस प्रा.लि.
पोखरा -०९, कास्की
gndakipress@gmail.com
सम्पर्क : +977 - 9856000233

© 2021 All Right Reserved With Gandaki Press - Designed by MPG Solution.

  • Privacy Policy
  • गण्डकी प्रेस
  • प्रिती बाट युनिकोड
  • राशिफल
  • समाचार
  • सम्पर्क
  • सामाजिक सञ्जाल बाट
  • हाम्रो बारे
  • हाम्रो समूह

कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृहपृष्ठ
  • समाचार
  • अपराध
  • समाज
  • राजनिती
  • अर्थ
  • खेलकुद
  • शिक्षा/स्वास्थ्य
  • साहित्य/मनोरञ्जन
  • अन्तर्वार्ता
  • अन्तराष्ट्रिय
  • यस भित्र
    • पर्यटन
    • विचार
    • राशिफल

© 2026All Right Reserved WithGandaki Press - Designed by MPG Solution.

ताजा खबरहरु

मुस्ताङमा युरेनियम उत्खनन गर्न सम्झौता भएको छैन : परराष्ट्रमन्त्रीको

मुस्ताङमा युरेनियम उत्खनन गर्न सम्झौता भएको छैन : परराष्ट्रमन्त्रीको

पोखरा ३२ सार्वजनिक सुनुवाइ सम्पन्न, वडाको मुहार परिर्वतन भएको छ अध्यक्ष: कार्की

पोखरा ३२ सार्वजनिक सुनुवाइ सम्पन्न, वडाको मुहार परिर्वतन भएको छ अध्यक्ष: कार्की

निर्वाचन प्रक्रियामाथि प्रश्न उठाउँदै पूजा वास्तोलाद्वारा सर्वोच्च जाने घोषणा

निर्वाचन प्रक्रियामाथि प्रश्न उठाउँदै पूजा वास्तोलाद्वारा सर्वोच्च जाने घोषणा

पोखरामा पूर्वीय वाङ्मय ज्योतिष सम्मेलन सम्पन्न

पोखरामा पूर्वीय वाङ्मय ज्योतिष सम्मेलन सम्पन्न

रास्वपा गण्डकीको सभापति दौडमा डा. हरि कार्की ?

रास्वपा गण्डकीको सभापति दौडमा डा. हरि कार्की ?

सन्तु हत्या आराेपमा जाेडिए रास्वपा नगर अध्यक्ष श्रेष्ठ

सन्तु हत्या आराेपमा जाेडिए रास्वपा नगर अध्यक्ष श्रेष्ठ

प्रथम महिला फुटसल लिग विवाद सहमतिमा टुंगियो, बौद्ध क्लबले दियो धन्यवाद

प्रथम महिला फुटसल लिग विवाद सहमतिमा टुंगियो, बौद्ध क्लबले दियो धन्यवाद

‘एसईई डान्स र किड्स डान्स च्याम्पियनसिप तथा ‘स्रष्टा सम्मान’ सम्पन्न

‘एसईई डान्स र किड्स डान्स च्याम्पियनसिप तथा ‘स्रष्टा सम्मान’ सम्पन्न

पोखरा महिला फुटसल लिग विवादमा, आयोजकको गम्भिर लापरवाहिले टिमलाई ठूलो मर्का

पोखरा महिला फुटसल लिग विवादमा, आयोजकको गम्भिर लापरवाहिले टिमलाई ठूलो मर्का

चर्चित खबरहरु

रुपामा पहिलो पटक फुटबल प्रतियोगिता दोभान कप सुरु, पहिलो खेलमा बिजि गाइज विजयी

रुपामा पहिलो पटक फुटबल प्रतियोगिता दोभान कप सुरु, पहिलो खेलमा बिजि गाइज विजयी

Models of Constitution Making with Reference to Nepal

BAR-BENCH RELATION IN NEPAL

मुस्ताङमा युरेनियम उत्खनन गर्न सम्झौता भएको छैन : परराष्ट्रमन्त्रीको

मुस्ताङमा युरेनियम उत्खनन गर्न सम्झौता भएको छैन : परराष्ट्रमन्त्रीको

चरीबाघको छाला सहित २ जना पक्राउ

चरीबाघको छाला सहित २ जना पक्राउ

हरिवंश बचत तथा ऋण सहकारी तेस्रो साधरण सभा सम्पन्न

हरिवंश बचत तथा ऋण सहकारी तेस्रो साधरण सभा सम्पन्न

राष्ट्रिय संगीतकर्मी संघ कास्कीमा सुनिल गायक

राष्ट्रिय संगीतकर्मी संघ कास्कीमा सुनिल गायक

Privity of Contract and its Specifications with Reference to Nepal

Socialist Legal System: An Assessment of Theory and Practice With Special Reference to Nepal 

PARALEGALS AND THEIR PROFESSION WITH REFERENCE TO LEGAL PROFESSION OF NEPAL

शुक्लागण्डकीमा करिब ४ किलो गाँजा बरामद