पोखरा । पोखरा महानगरपालिका ३२ मा माओवादी केन्द्रको सम्पर्क कार्यालय उद्दघाटन भएको छ ।
कार्याक्रममा माओवादी केन्द्रका केन्द्रिय सदस्य तथा गण्डकी प्रदेशका अर्थ मन्त्री रामजी बादलले माओवादी केन्द्रको बिजयको सुरुवात भैसकेको बताए । माओवादीले नै निति ल्याएर दलित र गरिवले सुकिला मुकिलालाई आँखा चुधाएर हेर्न सक्ने अबस्था नरहेको बताए ।
त्यो अवस्था नै माओवादीले आयोजना गरेको जनयुद्धले हटाएको बताए । केपी ओलीले संविधान नै मास्न लागेको समयमा देउवाले संविधानन जोगाउन सजिलो हुने बताए । अबको निर्वाचन जित्नको लागि मात्र नभएर समस्या समाधान गर्न पनि माओवादीलाइ बिजय गराउनपर्ने बताए ।
जनसंक्रित मञ्चका केन्द्रीय सदस्य शिवजी लामिछाने एमालेलाई जनताले अधिकार पाएको मन नपरेको कारण राप्रपा संग मिलेको आरोप लगाए । सुकुम्बासीको समस्या राज्यले हल गर्ने बताए ।
माओवादी केन्द्र पोखराका अध्यक्ष हरिनारायण गिरी विज्ञानले मेयरमा पनि माओवादीले पाउनुपर्ने दावी गरे। पोखरा ३२ का जनताको समस्या समाधान गर्न माओवादी केन्द्रको विजयी हुनुपर्ने बताए । माओवादी केन्द्र प्रदेश कमिटी सदस्य सीता खड्काले केपी ओलिको प्रतिगमनलाई राष्टपतिले सहयोग गरेको बताईन ।
समाजवादी जिल्ला सचिवालय सदस्य दिपक भुजेल एकीकृत समाजवादी जिल्ला सदस्य जिल्ला सचिवालय सदस्य कमल थापा अहिले गठबन्धन आवस्यक परेको बताए ।
माओवादी केन्द्र पोखरा ३२ बाट महानगर प्रतिनिधी अर्जुन मल्लले ३२ मा माओवादी केन्द्रको नेतृत्वले चुनाव जित्ने बताए । माओवादीका जनप्रतिनिधीले मात्र सुकुम्बासीको समस्यामा ध्यान नदिएको बताए ।
पोखरा ३२ का उपाध्यक्ष रुपेश परियार सबैको बल एक ठाउँमा हुनुपर्ने बताए । माओवादी केन्द्र पोखरा ३२ सचिव कमल तिलजा पुनले संचालन गरेको कार्याक्रममा पोखरा ३२ का अध्यक्ष यज्ञ प्रसाद अधिकारीको अध्यक्षतामा कार्याक्रम सम्पन्न भएको थियो ।
प्रतिक्रिया लेख्नुहोस्:-