काठमाडौं । नवलपरासी (पूर्व), देवचुली नगरपालिका १४ स्थित सडकमा बा प्र ३-००३ प २०४८ नम्बरको मोटरसाइकल आफै अनियन्त्रित भई गएराति दुर्घटना हुँदा मोटरसाइकलमा सवार स्याङ्जा घर भएका ३३ वर्षीय धन बहादुर रानाको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको मध्यविन्दु जिल्ला अस्पताल डण्डामा उपचारको क्रममा मृत्यु भएको हो ।
नुवाकोट, ककनी गाउँपालिका २ सिउडेनीस्थित सडकमा बा ३ क १६६६ नम्बरको गाडीको ठक्करबाट पैदलयात्री सोही ठाउँ बस्ने ११ वर्षीया स्मृती तामाङको मंगलबार दिउँसो घटनास्थलमै मृत्यु भएको छ । गाडीका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
अर्घाखाँची, छत्रदेव गाउँपालिका ३ बेलहापुलस्थित खेतमा लु ४ त ६१६८ नम्बरको ट्याक्टर मंगलबार साँझ दुर्घटना हुँदा ट्याक्टरका सहचालक सन्धिखर्क नगरपालिका १२ डिभर्ना बस्ने २३ वर्षीय तिरन जिसिको घटनास्थलमै मृत्यु भएको छ । साथै दुर्घटनामा घाइते भएका ट्याक्टरमा सवार १ जनालाई उपचारको लागि जिल्ला अस्पताल सन्धिखर्कतर्फ पठाइएको छ । ट्याक्टर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
भोजपुर, रामप्रसादराई गाउँपालिका ५ कावाखोलास्थित सडकमा प्र १-०२००३ त २२४९ नम्बरको ट्याक्टर अनियन्त्रित भई मंगलबार राति दुर्घटना हुँदा ट्याक्टरमा सवार सोही गाउँपालिका ७ बासिखोरा बस्ने २० वर्षीय जेबि राईको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको जिल्ला अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । हाल फरार ट्याक्टर चालकको प्रहरीले खोजी गरिरहेको छ ।






























प्रतिक्रिया लेख्नुहोस्:-