काठमाडौं । पाँच दलीय सत्ता गठबन्धन दलको बैठकले स्थानीय तहलाई वैशाख ४ गतेभित्र गठबन्धन र उमेदवारको टुंगो लगाउन निर्देशन दिएको छ ।
मंगलबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको गठबन्धनको बैठकले मातहतको संयन्त्रलाई वैशाख ४ गतेसम्म स्थानीय तहको वस्तुस्थिति पठाउन पनि निर्देशन दिएको छ।
“बैशाख ४ गतेभित्र गठबन्धन र उमेदवारको टुंगो लगाउ भनेर स्थानीय तहलाई निर्देशन दिने भन्ने निर्णय हुनुका साथै स्थानीय तहको वस्तुस्थिति पठाउन निर्देशन दिइएको हो,” बैठकमा सहभागी एक नेताले भने ।
बैठकमा प्रधानमन्त्री एवम् कांग्रेस सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल र जसपा अध्यक्ष उपेन्द्र यादवसहित सहभागी छन् ।






























प्रतिक्रिया लेख्नुहोस्:-