मुस्ताङ । बारागुङ मुक्तिक्षेत्र गाउँपालिका मुस्ताङको आयोजनामा महिलाहरुको लागि एक हप्ते उद्घोषण ,भाषण तथा नेतृत्व विकास तालिमकोसमापन भएको छ ।
तालिमको समापनकार्यक्रममा बोल्दै गाउँपालिकाका अध्यक्ष फेन्चोक छेप्तेन गुरुङले महिलाहरुको बोल्ने कलामा आाएको परीवर्तनले आफु प्रभावित भएकाृे बताए । महिलाहरुलाई समाजको मुलधारमा ल्याउन यो तालिमले विशेष भूमिका खेल्ने उनले विश्वास व्यक्त गरे । तालिममा सिकेका कुरालाई व्यवहारिक जीवनमा लागु गर्नुृपर्न उनको भनाई थियो ।
कार्यक्रममा बोल्दै वरीष्ठ कविराज निरीक्षक जर्नादन आचार्यले तालिमले सहभागीहरुमा विभिन्न कार्यक्रममा निर्धक्क बोल्न सक्ने तथा आफ्ना कुराहरु भन्न सक्नेक्षमताको विकास भएको बताए । गाउँपालिकाका उपाध्यक्ष दिकी गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा गाउँपालिकाका आन्तरीक लेखा परीक्षक प्रेम भट्टराई,स्वास्थ्यं संयोजक खगेन्द्र बोहरा .कर्मचारी देवेन्द्र थापाले पनि बोलेका थिए भने प्रशिक्षार्थी छिनडोमा गुरुङले स्वागत मन्तव्यराखेका थिए । कुल पच्चीस जना सहभागी कार्यक्रममा सञ्चारकर्मी गोविन्द थापाले सहजीकरण गरेका थिए ।






























प्रतिक्रिया लेख्नुहोस्:-