पोखरा । गण्डकी प्रदेश सरकारले २०७८ चैत २४ गतेको निर्णयले गण्डकी प्रदेशका सबै जिल्लाका खेलकुद समितिलाई हटाएको छ ।
गण्डकी प्रदेशका भौतिक पुर्वाधार तथा यातयात मन्त्री तथा गण्डक प्रदेशका प्रवक्ता कुमार खड्काले हटाइएको जानकारी दिए ।
‘जिल्ला खेलकुद बिकास समितिका ११ जिल्लाका पदाधिकारी र सदस्यहरुको कार्य प्रगति सन्तोष जनक नरहेको र भन्दै त्यसका बारेमा सफाइको मैका दिएको र निजहरुको सफाइ सन्तोषजनक नरहेको भन्दै विभागीय मन्त्रालयले उनीहरुलाई हटाउने निर्णय मन्त्रीपरिषदले गरेको छ ।’ उनले भने,‘गण्डकी प्रदेशका गोरखा तनहुँ, स्याङ्जा लमजुङ, नवलपरासी, मनाङ् मुस्ताङ, म्याग्दी, पर्वत, कास्की, बाग्लुङका जिल्ला खेलकुद विकास समिति र पदाधिकारीलाई हटाउने निर्णय गरेको छ ।’






























प्रतिक्रिया लेख्नुहोस्:-