काठमाडौं । कैलाली, गोदावरी नगरपालिका ३ स्थित सडकमा सु।प।प्र। ०२-००४ प १११ नम्बरको मोटरसाइकल र से ४ प ४७३० नम्बरको मोटरसाइकल एकआपसमा ठक्कर खाई बिहीबार राति दुर्घटना हुँदा दुवै मोटरसाइकल चालकको मृत्यु भएको छ । मृत्यु हुनेहरूमा सु प प्र। ०२-००४ प १११ नम्बरको मोटरसाइकल चालक कञ्चनपुर शुक्लाफाँटा नगरपालिका ७ बस्ने ३० वर्षीय पुरन कुमार मडैले र से ४ प ४७३० नम्बरको मोटरसाइकल चालक कञ्चनपुर कृष्णपुर नगरपालिका ५ बस्ने ३२ वर्षीय लोकेन्द्र पार्की रहेका छन् । दुर्घटनामा गम्भीर घाइते भएका उनीहरूको सेती प्रादेशिक अस्पताल धनगढीमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका दुवै मोटरसाइकलमा सवारमध्ये १ जनाको सोही अस्पतालमा र १ जनाको पदमा अस्पताल प्रालि अत्तरियामा उपचार भइरहेको छ ।
मोरङ, उर्लाबारी नगरपालिका ४ आईतबारेस्थित सडकमा को १ च ६३९९ नम्बरको पिकप भ्यानले को ३२ प ६९३१ नम्बरको मोटरसाइकललाई बिहीबार राति ठक्कर दिँदा मोटरसाइकल चालक झापा दमक नगरपालिका ३ बस्ने २७ वर्षीय राजन धिमालको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको अरनिको अस्पताल उर्लाबारीमा उपचारको क्रममा मृत्यु भएको हो । भ्यान चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।






























प्रतिक्रिया लेख्नुहोस्:-