युवा तथा खेलकुद मन्त्रालय गण्डकी प्रदेशका मन्त्री राजिव गुरुङ दीपक मनाङेले कर्मचारीमाथी हातपात गरेका छन् । मन्त्री मनाङेले आफ्नै मन्त्रालयका शाखा अधिकृत प्रकाश ओझामाथी हातपात गरेको घटना बाहिरिएको छ ।
मन्त्रालयका सूचना अधिकारी ओझामाथी हातपात भएको स्रोतको दावी छ । स्रोतका अनुसार मंगलबारको घटना हो । तर घटनाको विषयमा पुरै जानकारी नभएको मन्त्रालयका सचिव बद्रिनाथ अधिकारी बताउछन ।
आन्तरीक मालिमला मन्त्रालयको जिल्ला सुरक्षा समन्वय बागलुङमा भएको जानकारी दिदै आफु बाग्लुङमा फर्केलगतै घटनाको विषयमा पोखरा आएपछी बुझने बताए । घटनाको विषयमा बुझन खोज्दा मन्त्रीको र अधिकृत ओझाको मोबाइल अफ भएको अधिकारीले जानकारी दिए ।






























प्रतिक्रिया लेख्नुहोस्:-