राजनीतिक दलहरूलाई निर्वाचन आयोगले ६० बुँदे निर्देशन दिएको छ । आगामी वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनलक्षित आयोगले राजनीतिक दलहरूलाई छलफलमा बोलाएको थियो ।
सबै राजनीतिक दलहरूले आचारसंहिता कार्यान्वयनमा प्रतिबद्धता व्यक्त गरेको आयोगले जनाएको छ । स्थानीय तहको निर्वाचनलाई, स्वच्छ, स्वतन्त्र, निष्पक्ष, पारदर्शी र भयमुक्त बनाउनका लागि निर्वाचन (कसुर तथा सजाय) ऐन २०७३ र निर्वाचन आचारसंहिता, २०७८ एवम् निर्वाचनसम्बन्धी प्रचलित कानूनमा भएका व्यवस्था कार्यान्वयन र परिपालना गर्न निर्देशन दिइएको आयोगको भनाइ छ ।






























प्रतिक्रिया लेख्नुहोस्:-