पोखरा ३२ को वडा अध्यक्षमा रास्ट्रिय प्रजातान्त्रिक बिद्यार्थी संगठनका केन्द्रीय उपाध्यक्ष तथा राप्रपा कास्कीका जिल्ला सदस्य बिद्यार्थी युवा नेता सन्दीप धमलाले आकांक्षा देखाएका छन।
पोखरा ३२ मा राप्रपाबाट धमलाको बलियो दाबेदारी रहेको उनले बताए । धमला पोखरा ३२ स्थित ढोडबेशीका स्थाइ बासिन्दा हुन।सडक बाटो देखि अनेक कुरामा पछि परेको ३२ लाई उनी महानगरका अरु वडा सरह विकसित र सप्पन्न बनाउन चाहेको बताए ।
वडालाइ पोखरा कै उत्कृष्ट वडा बनाउने सपना रहेको र पार्टी र ३२ का सम्पूर्ण मतदाताले साथ दिए ५ बर्षमा नै यो वडालाई उत्कृष्ट वडा बनाएर देखाउने धमलाको दावी छ । उनले आफू पार्टीको केन्द्रिय अध्यक्ष लिङ्देनको बैचारिक नीति अनुसार भ्रष्टाचार गरेर खानु आमाको रगत खानु सरह मानेर राजनीतिमा काम गर्ने प्रतिबद्धता समेत व्यक्त गरेका छन् । धमला विद्यार्थी जिवन देखी राप्रपामा सक्रिय थिए ।






























प्रतिक्रिया लेख्नुहोस्:-