२०८३ साउन २, शनिबार
प्रिती बाट युनिकोड
Gandaki Press
lJMN6.gif
  • गृहपृष्ठ
  • समाचार
  • अपराध
  • समाज
  • राजनिती
  • अर्थ
  • खेलकुद
  • शिक्षा/स्वास्थ्य
  • साहित्य/मनोरञ्जन
  • अन्तर्वार्ता
  • अन्तराष्ट्रिय
  • यस भित्र
    • पर्यटन
    • विचार
    • राशिफल
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृहपृष्ठ
  • समाचार
  • अपराध
  • समाज
  • राजनिती
  • अर्थ
  • खेलकुद
  • शिक्षा/स्वास्थ्य
  • साहित्य/मनोरञ्जन
  • अन्तर्वार्ता
  • अन्तराष्ट्रिय
  • यस भित्र
    • पर्यटन
    • विचार
    • राशिफल
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
Gandaki Press
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

चैत २६ मा अटेरी अभियानले पोखरा लक्षित कार्ययोजना सार्वजनिक गर्ने

गण्डकी प्रेस
चैत्र २०, २०७८ १७:५९ मा प्रकाशित
प्रमुख समाचार, राजनिती, समाचार
चैत २६ मा अटेरी अभियानले पोखरा लक्षित कार्ययोजना सार्वजनिक गर्ने
36
SHARES
Share on FacebookShare on Twitter

पोखरा । आउदो चैत २६ गते अटेरी अभियानले पोखरा लक्षित कार्ययोजना सार्वजनिक गर्ने भएको छ । आउँदो स्थानीय तह निर्वाचनका लागि विभिन्न वडाबाट उम्मेदवारी घोषणा गरेका अभियन्ताहरुले कार्यक्रममा सहभागी भएर उम्मेदवारीबारे प्रष्ट्याउने छन् ।
कार्यक्रम मार्फत सहभागीहरुलाई अभियानबारे प्रष्ट पारिने छ । अभियानका निर्वाचन अभियान संयोजक हरि कार्कीका अनुसार कार्यक्रममा उम्मेदवारी घोषणा गरेका अभियन्ताहरुले आफ्नो उम्मेदवारी र अभियानबारे बारे कार्यक्रममा सहभागी अभियानका शुभेच्छुकहरुलाई बुझाउने छन् । पोखराबाट सुरु भएर देशव्यापी बनेको अटेरी अभियानमा अहिले २ सय बढीले स्थानीय तह निर्वाचनका लागि उम्मेदवारी सार्वजनिक गरि सकेका छन् । ‘के हो अटेरी रु अटेरी अभियानलाई नै किन मत दिने रु यी विषयमा उम्मेदवारहरुले प्रष्ट्याउनु हुनेछ,’ संयोजक कार्कीले भने ।
अभियानमा अहिले युवाहरू को ब्यापक चासो बढेको देखिन्छ । यो अभियानप्रति बढेको चासोप्रति पनि कार्यक्रममा समेटिने छ । अटेरी अभियानको पोखराका गनेस पौडेलले महानगरको मेयर पदमा उम्मेदवारी घोषणा गरेर सुरु गरेका थिए । अहिलेसम्म पोखराका १० वडामा वडाध्यक्ष र वडासदस्यमा समेत उम्मेदवारी घोषणा भई सकेको छ ।
२६ गते पोखरामा हुने संयुक्त उम्मेदवारी घोषणा तथा घोषणापत्र सार्वजनीकिरणका लागि ठाउँ र समय छिट्टै तोकिने कार्कीले बताए । साथै उनले कार्यक्रममा सहभागी भएर अभियानबारे जानकारी लिन पनि सबैलाई आग्रह समेत गरेका छन् ।

के हो अटेरी अभियान ?
झट्ट हेर्दा वा सुन्दा तपाईं हामी सबैलाई अटेर शब्द नकरात्मक लाग्छ । तर नकरात्मक हुनु नराम्रो हुनु हुँदैन । यसले सिधा अर्थ हुन्छ : नो भन्नु । हुन्न भन्नु । गर्दिनँ वा मान्दिनँ भन्नु ।
आफूमा अन्तरनिहित ज्ञान बुद्धि विवेक अनुभवको आधारमा विवेचना गरी मन नपरेको कुरालाई स्पष्टसँग र साहसपूर्वक हुँदैन भन्न सक्नु नै खासमा अटेर गर्नु हो ।
यसको राजनीतिक अर्थ भनेको आफूले मानिएको राजनीतिक दल वा विचार आफूले मानिआए अनुसार चलेको छ कि छैन रु तपाईँले मानिएको सिद्धान्त अनुरूप नै उम्मेदवार दिएको छ कि छैन रु यसको मूल्याङ्कन गर्ने र ती कुरा तपाईँले मानिआए बमोजिम नभएमा आफ्नै दललाई समेत अटेर गर्ने भन्ने हुन्छ । हामी जुन संस्था, जुन राजनीतिक दल, जुन संगठनमा छौ त्यसभित्रको विकृती बिसंगतीलाई इन्कार गर्ने, गलतलाई निर्धक्क गलत भन्ने र चित्त नपरेको कुरामा प्रश्न गर्ने आँट देखाउनु नै खासमा अटेरी गर्नु हो ।

त्यसैले पनि यो एउटा अभियान हो । कुनै संगठन होइन । पार्टी होइन । हामीले पटक पटक व्यबस्था फेर्ने आन्दोलन त गर्यौ व्यवस्था पनि फेर्‍यौं । तर त्यसले आम नागरिकको जीवन फेर्न सकेन । अवस्था फेर्न सकेन ।

अवस्था नफेरिनुमा दोषी को रु पहिलो दोषी देशका दलहरू हुन जसले अवस्था फेर्न सक्ने योग्य र इमान्दार उम्मेदवार दिन सकेनन् । दोस्रो दोषी हामी मतदाता पनि हौँ जसले भएका मध्येमा पनि सही उम्मेदवारलाई जनप्रतिनिधिको रूपमा चुन्न सकेनौँ । राजनीतिक दलको दलदलमा आम मतदाता समेत फस्दै जाँदा यो समस्या घटेन झन झन बढ्दै गयो । हामीले आफू संलग्न संघ संस्था , संगठन, पार्टीमा जानेर वा नजानेर कहिल्यै प्रश्न गर्न सकेनौँ । त्यहाँभित्र रहेका कुसंस्कृती विरुद्ध आवाज बुलन्द गर्न सकेनौँ । सधैँ जय नेपाल , लाल सलाम वा आआफ्ना अर्थहिन अभिवादनमा मात्रै बाँडियौँ । तर दलको राजनीतिक चिन्तन र आदर्श नै बुझ्न खोजेनौँ ।

अब पनि हामीले राजनीतिको दुष्चक्र तोड्न सकेनौँ भने देशको अवस्था कहिल्यै फेरिने छैन । यसपटकको स्थानीय चुनावलाई दलरहित बनाउन सक्यौ भने दलीय दादागिरीलाई राम्रो जवाफ हुनेछ । इतिहास रट्ने कुरा होइन रच्ने कुरा हो । इतिहास रचनाको यो अटेरी अभियानमा सरिक हुन सबैलाई आह्वान गर्दछौं ।

अब दल होइन उम्मेदवार हेरौँ । अब चुनाव चिन्ह होइन घोषणापत्र हेरौँ । अब पैसा होइन योजना र इमान्दारी हेरौँ । भन्ने अभियनको मुख्य सार हो ।

सम्बन्धित समाचार

मुस्ताङमा युरेनियम उत्खनन गर्न सम्झौता भएको छैन : परराष्ट्रमन्त्रीको
प्रमुख समाचार

मुस्ताङमा युरेनियम उत्खनन गर्न सम्झौता भएको छैन : परराष्ट्रमन्त्रीको

पोखरा ३२ सार्वजनिक सुनुवाइ सम्पन्न, वडाको मुहार परिर्वतन भएको छ अध्यक्ष: कार्की
प्रमुख समाचार

पोखरा ३२ सार्वजनिक सुनुवाइ सम्पन्न, वडाको मुहार परिर्वतन भएको छ अध्यक्ष: कार्की

निर्वाचन प्रक्रियामाथि प्रश्न उठाउँदै पूजा वास्तोलाद्वारा सर्वोच्च जाने घोषणा
प्रमुख समाचार

निर्वाचन प्रक्रियामाथि प्रश्न उठाउँदै पूजा वास्तोलाद्वारा सर्वोच्च जाने घोषणा

पोखरामा पूर्वीय वाङ्मय ज्योतिष सम्मेलन सम्पन्न
समाचार

पोखरामा पूर्वीय वाङ्मय ज्योतिष सम्मेलन सम्पन्न

रास्वपा गण्डकीको सभापति दौडमा डा. हरि कार्की ?
राजनिती

रास्वपा गण्डकीको सभापति दौडमा डा. हरि कार्की ?

सन्तु हत्या आराेपमा जाेडिए रास्वपा नगर अध्यक्ष श्रेष्ठ
अपराध

सन्तु हत्या आराेपमा जाेडिए रास्वपा नगर अध्यक्ष श्रेष्ठ

प्रतिक्रिया लेख्नुहोस्:-

हाम्रो बारे

'समाजको ऐना, हामी सत्यमा विश्वास गर्छौं।' गण्डकी प्रेस पोखराबाट सञ्चालित अनलाइन न्युज पोर्टल हो । यस न्युज पोर्टल मार्फत हाम्रो समाज हुने गरेका विकृति, विसंगति, सामाजिक विषयवस्तु, विकास एवं विभिन्न घटनाहरुको सम्प्रेषण गर्दै समुदायलाइ सु-सुचित गर्ने हाम्रो उदेश्य हो ।

गण्डकी प्रेस प्रा.लि. द्वारा संचालित
सूचना तथा प्रशारण विभाग दर्ता नं. २६१४/०७७-०७८ 

हाम्रो समूह

समाचार प्रमुख सुरेशराज अधिकारी
कानूनी सल्लाहाकार  बिमल प्र. लामिछाने
सम्पादक  सुशीलराज अधिकारी
संवाददाता  विष्णु प्र. बसौला
बिनिता सुनार
राज कुमार घिमिरे
ऋषि खतिवडा

सामाजिक सञ्जाल

Facebook Twitter Instagram RSS

सम्पर्क

गण्डकी प्रेस प्रा.लि.
पोखरा -०९, कास्की
gndakipress@gmail.com
सम्पर्क : +977 - 9856000233

© 2021 All Right Reserved With Gandaki Press - Designed by MPG Solution.

  • Privacy Policy
  • गण्डकी प्रेस
  • प्रिती बाट युनिकोड
  • राशिफल
  • समाचार
  • सम्पर्क
  • सामाजिक सञ्जाल बाट
  • हाम्रो बारे
  • हाम्रो समूह

कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृहपृष्ठ
  • समाचार
  • अपराध
  • समाज
  • राजनिती
  • अर्थ
  • खेलकुद
  • शिक्षा/स्वास्थ्य
  • साहित्य/मनोरञ्जन
  • अन्तर्वार्ता
  • अन्तराष्ट्रिय
  • यस भित्र
    • पर्यटन
    • विचार
    • राशिफल

© 2026All Right Reserved WithGandaki Press - Designed by MPG Solution.

ताजा खबरहरु

मुस्ताङमा युरेनियम उत्खनन गर्न सम्झौता भएको छैन : परराष्ट्रमन्त्रीको

मुस्ताङमा युरेनियम उत्खनन गर्न सम्झौता भएको छैन : परराष्ट्रमन्त्रीको

पोखरा ३२ सार्वजनिक सुनुवाइ सम्पन्न, वडाको मुहार परिर्वतन भएको छ अध्यक्ष: कार्की

पोखरा ३२ सार्वजनिक सुनुवाइ सम्पन्न, वडाको मुहार परिर्वतन भएको छ अध्यक्ष: कार्की

निर्वाचन प्रक्रियामाथि प्रश्न उठाउँदै पूजा वास्तोलाद्वारा सर्वोच्च जाने घोषणा

निर्वाचन प्रक्रियामाथि प्रश्न उठाउँदै पूजा वास्तोलाद्वारा सर्वोच्च जाने घोषणा

पोखरामा पूर्वीय वाङ्मय ज्योतिष सम्मेलन सम्पन्न

पोखरामा पूर्वीय वाङ्मय ज्योतिष सम्मेलन सम्पन्न

रास्वपा गण्डकीको सभापति दौडमा डा. हरि कार्की ?

रास्वपा गण्डकीको सभापति दौडमा डा. हरि कार्की ?

सन्तु हत्या आराेपमा जाेडिए रास्वपा नगर अध्यक्ष श्रेष्ठ

सन्तु हत्या आराेपमा जाेडिए रास्वपा नगर अध्यक्ष श्रेष्ठ

प्रथम महिला फुटसल लिग विवाद सहमतिमा टुंगियो, बौद्ध क्लबले दियो धन्यवाद

प्रथम महिला फुटसल लिग विवाद सहमतिमा टुंगियो, बौद्ध क्लबले दियो धन्यवाद

‘एसईई डान्स र किड्स डान्स च्याम्पियनसिप तथा ‘स्रष्टा सम्मान’ सम्पन्न

‘एसईई डान्स र किड्स डान्स च्याम्पियनसिप तथा ‘स्रष्टा सम्मान’ सम्पन्न

पोखरा महिला फुटसल लिग विवादमा, आयोजकको गम्भिर लापरवाहिले टिमलाई ठूलो मर्का

पोखरा महिला फुटसल लिग विवादमा, आयोजकको गम्भिर लापरवाहिले टिमलाई ठूलो मर्का

चर्चित खबरहरु

४ दिन कैद सजाए भोग्न बाँकी रहेका राई पक्राउ

रसिया पठाइदिन्छु भनी ठगी गर्ने व्यक्ति पक्राउ

बर्डफ्लुका कारण ११ वर्षिया बालकको मृत्यु

पोखरा १९ पुरचौरमा पहिरोमा परि ७ जनाको मुत्यु

सगरमाथा आरोहणका लागि चार सय १४ जनाले अनुमति लिए

सगरमाथा आरोहणका लागि चार सय १४ जनाले अनुमति लिए

४ दिन कैद सजाए भोग्न बाँकी रहेका राई पक्राउ

अवैध लागूऔषध सहित ५ जना पक्राउ

पोखरामा ASEZ द्वारा ‘निलो कार्बन’ संरक्षण अभियान र सरसफाई कार्यक्रम सम्पन्न

पोखरामा ASEZ द्वारा ‘निलो कार्बन’ संरक्षण अभियान र सरसफाई कार्यक्रम सम्पन्न

४ दिन कैद सजाए भोग्न बाँकी रहेका राई पक्राउ

मेयर प्रेमलालको सट्टामा एसईई दिंदै गरेका कमल साह पक्राउ

एमाले नेता प्रदीपको देउवाप्रति खरो प्रहार, पहिले श्री ५ ले अहिले श्रीमान ५ ले प्रधानमन्त्री बनाए

एमाले नेता प्रदीपको देउवाप्रति खरो प्रहार, पहिले श्री ५ ले अहिले श्रीमान ५ ले प्रधानमन्त्री बनाए

२ करोडको लगानीमा पोखरामा क्लासिक चुलो

२ करोडको लगानीमा पोखरामा क्लासिक चुलो

राज्यले सुकुमबासीको समस्या समाधान गर्नुपर्छ : संसद श्रेष्ठ

राज्यले सुकुमबासीको समस्या समाधान गर्नुपर्छ : संसद श्रेष्ठ