पोखरा । बेगनासतालमा रहेका डुङ्गा व्यवसायीलाई क्यू आरकोड वितरण गरिएको छ । नगद रहित कारोबार अभियान लाई निरन्तरता दिँदै सिभिल बैंक र फोनपेको सहकार्यमा शुक्रबार एक कार्यक्रमका बीच बेगनासताल डुङ्गा व्यवसायी संघ मार्फत बेगनासतालमा डुङ्गा चलाउने २ सय २० डुङ्गा व्यवसायीलाई क्युआरकोड वितरण गरिएको हो ।
नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक गुरुप्रसाद पौडेल, नेपाल राष्ट्र बैंक पोखरा शाखाका निर्देशकडा। रामशरण खरेल, बेगनासताल डुंगा व्यवसाय समितिका अध्यक्ष ढकनाथ कडेँल, फेवाताल डुंगा व्यवसायी समितिका अध्यक्ष बुद्धि बहादूर नेपाली, सिभिल बैंकका प्रमुख कार्यकारी अधिकृत सुनिल पोखरेल, फोनपेका एसिस्टेन्टसिइओ दिवस सापकोटा लगायतको उपस्थिती रहेको थियो।
नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक गुरु प्रसाद पौडेलले नगद रहित अभियानलाई प्रभावकारी बनाउन क्यूआरकोडलाई सर्वव्यापी रुपमा लैजानुपर्ने बताए । यस्तै नेपाल राष्ट्र बैंक पोखरा शाखाका निर्देशक डा।रामशरण खरेलले नोट छपाइ गर्दा खर्च हुने तथा विदेशीने मुद्रा बचाउन पनि नगद रहित अभियान अपरीहार्य रहेको बताए।
बेगनासतालमा क्यूआर हस्तान्तरण सँगै स्वदेशी तथा विदेशी पर्यटकले मोबाईल बैंकिङ्ग मार्फत सहजै डिजिटल भुक्तानी गर्न सक्नेछन् । साथै भुक्तानी सेवा प्रदायकका मोबाईल एप्स्रवालेट मार्फत समेत सहजै रकम भुक्तानी गर्न सक्नेछन् । यस्तै वाह्य पर्यटकले पनि भिजामार्फत बेगनासतालमा डिजिटल रुपमा रकम भुक्तानी गर्न सक्नेछन् । फोनपेले विदेशी पर्यटकलाई सहज बनाउनका लागि केही दिन अघिमात्र भिजासँग सहकार्य गरेको थियो ।






























प्रतिक्रिया लेख्नुहोस्:-