पोखरा । पोखरा महानगरपालिका ३२ मा रहेको शान्ति वाटिका इङ्लिस स्कुलले २१ औं अभिभावक दिवस तथा पुरस्कार वितरण समारोह गरेको छ ।
समारोहलाई सम्बोधन गदै जिल्ला शिक्षा समन्वयका प्रमुख नारन प्रसाद सुबेदिले नृपालको शिक्षा समय अनुसारको गुणस्तरीय शिक्षा हुनुपर्ने जोड दिए । उनले समय अनुसार माग फरक हुने भन्दै आजको गुणस्तरीय शिक्षा र भोलीको गुणस्तर शिक्षामा फरक हुने बताए । अहिलेको विद्यार्थीमा नैतिक शिक्षाको खाँचो भएको बताए । विद्यार्थीको लागि अनुशासन आवस्यक रहेको बताए ।

पोखरा ३२ का वडाध्यक्ष पोखरा ३२ मा ५ हजार ६ सय विद्यार्थी रहेको बताए । वडामा शिक्षा विकास तिव्र भएको बताए । उनले गण्डकी विश्व विद्यालय ३२ मा नै आएको भन्दै शिक्षा उलेखनिय विकास भएको जानकारी दिए ।
पोखरा ३२ का वडा सदस्य विष्णुप्रसाद तिवारीले वडा शिक्षा समिति सक्रिय नभएको दावी गरे । तिवारीले वडा शिक्षा समितिको वैठक वर्षमा २ पटक भन्दा नभएको शिक्षा विकासमा वडाले ध्यान नदिएको बताए ।
विद्यालका प्रध्यानध्यापक पृतिराजअधिकारी, विद्यालयका पुर्व विद्यार्थी, अनिल पगेनी, कक्षा १०विद्यार्थी प्रेम गुरुङ, विद्यालयका संस्थापक निर्देशक गणेशप्रसाद भण्डारी, संचालक टिकाराम पगेनी, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गोविन्द पगेनी लगायतले कार्यक्रममा भनाइ राखेका थिए ।
२०५६ सालमा स्थापना भएको विद्यालयमा हाल १० कक्षा सम्म पदाइ चलिरहेको छ ।
प्रतिक्रिया लेख्नुहोस्:-