पोखरा । १४ को वडा अध्यक्षमा राप्रपा कास्कीका उपाध्यक्ष युवा नेता मनिस केसीले आकांक्षा देखाएका छन।
पोखरा १४ मा राप्रपाबाट केसीको बलियो दाबेदारी देखिएको छ । उनी गत स्थानीय तहको चुनावमा वडा सदस्यमा झिनो मतले पराजित भएका थिए । केसी राप्रपा कास्कीका प्रख्यात नेता पुर्ब जिल्ला सभापति सहिद क्षेत्र बहादुर केसीका छोरा हुन।
सहिद क्षेत्र बहादुर केसी पटक पटक वडा अध्यक्षमा निर्वाचित समेत भएका थिए। केसीले भने ‘बुबाको यो वडालाइ पोखरा कै उत्कृष्ट वडा बनाउने सपना रहेको हुनाले बुबाको त्यस सपनालाई साकार पार्नको लागि पनि आफ्नो उम्मेदवारी हो ।’
उनले आफू पार्टीको केन्द्रिय अध्यक्ष लिङ्देनको बैचारिक नीति अनुसार भ्रष्टाचार गरेर खानु आमाको रगत खानु सरह मानेर राजनीतिमा काम गर्ने प्रतिबद्धता समेत व्यक्त गरेका छन् ।






























प्रतिक्रिया लेख्नुहोस्:-