पोखरा । नेपाल फेन्सीङ संघ तथा वीर गणेशमान सिंह स्पोर्टस् कमिटिको आयोजनामा वीर गणेशमान सिंह राष्ट्रिय फेन्सिङ प्रतियोगिता २०७८ मा भाग लिन कास्कीका खेलाडी शुक्रबार काठमाडौ प्रस्थान गरेका छन् ।
खेलाडीहरुलाई विदाई गर्दै राष्ट्रिय खेलकुद परिषद्का सदस्य राजेश गुरुङले अनुशासित भएर प्रतिस्पर्धामा उत्रिन तथा सिल्ड ल्याउन शुभकामना व्यक्त गर्दै खेलाडी र अफिसियल गरि २५ जनालाई फर्किदाँ मनकामना माताको दर्शन गरेर आउन मनकामना केबलकारको टिकट व्यवस्थापन गर्ने वताउनु भयो ।
फेन्सिङ संघ कास्कीका अध्यक्ष बिजय शाही अफिसियलमा, प्रशिक्षकहरु रेखमाया गुरुङ र छवि गुरुङ, रेफ्रि सन्जिव वराल, व्यवस्थापक निसान कार्की र चिजा गुरुङ लगाएत १९ जना खेलाडी सहभागी हुने संघका सल्लाहकार कृष्ण रानाभाटले बताए ।
'समाजको ऐना, हामी सत्यमा विश्वास गर्छौं।' गण्डकी प्रेस पोखराबाट सञ्चालित अनलाइन न्युज पोर्टल हो । यस न्युज पोर्टल मार्फत हाम्रो समाज हुने गरेका विकृति, विसंगति, सामाजिक विषयवस्तु, विकास एवं विभिन्न घटनाहरुको सम्प्रेषण गर्दै समुदायलाइ सु-सुचित गर्ने हाम्रो उदेश्य हो ।
गण्डकी प्रेस प्रा.लि. द्वारा संचालित
सूचना तथा प्रशारण विभाग दर्ता नं. २६१४/०७७-०७८






























प्रतिक्रिया लेख्नुहोस्:-