काठमाडौँ –विश्वभर पछिल्लो २४ घण्टामा १७ लाख ४९ हजार २६६ हजारमा कोरोना संक्रमणको पुष्टि भएको छ । साथै सोही अवधिमा २१ लाख ६३ हजार ३६ जना निको भएका छन् । थपिनेभन्दा निको हुनेको संख्या ४ लाखले बढी हो ।
यस्तै ९ हजार ३२५ को मृत्यु भएको छ । मृत्यु हुनेमा अमेरिकामा एक लाख ६६१, ब्राजिलमा ९९६, रुसमा ७६२, फ्रान्समा २८१ र जर्मनीमा २७३ जना छन् ।
थपिनेमा जर्मनीमा २ लाख १८ हजार, रुसमा एक लाख ३२ हजार, ब्राजिलमा ९५ हजार, फ्रान्समा ६६ हजार, अमेरिकामा ६५ हजार, टर्कीमा ७९ हजार, इटलीमा ४६ हजार र बेलायतमा ३८ हजार छन् ।
निको हुनेमा फ्रान्समा २ लाख ४० हजार, जर्मनीमा २ लाख एक हजार, अमेरिकामा एक लाख ३४ हजार, ब्राजिलमा एक लाख २९ हजार, स्पेनमा एक लाख एक हजार, टर्कीमा ९४ हजार, इटलीमा ६९ हजार र बेलायतमा ७६ हजार छन् ।






























प्रतिक्रिया लेख्नुहोस्:-