पोखरा । सानै उमेरमा थुप्रै हिट गीत गाएकी समीक्षाले गायनमा संघर्ष पनि गर्नु परेन। १४ वर्षमै ठूलो ब्यानरको चलचित्र ‘नाई नभन्नू ल ५’ मा समावेश ‘बालापनको उमेर’ बोलको गीत गाएर चर्चा बटुलेकी समीक्षाले त्यसयता पछाडि फर्किएर हेर्नुपरेको छैन। उनी यो समयकी व्यस्त गायिकामध्ये एक हुन्।
सांगीतिक क्षेत्रमा आएको दुई वर्षमै समीक्षाको क्रेज निक्कै लोभ लाग्दो गरी बढेको छ। थुप्रै संगीतकार र गीतकारको रोजाइमा पर्न सफल समीक्षा चलचित्र निर्मातारनिर्देशकको पनि रोजाइकी गायिका हुन्।
समीक्षाले गायनमा मात्रै आफूलाई सीमित राखेकी छैनन्। कलाको दायरा फराकिलो पार्दै म्यूजिक भिडियोमा पनि अभिनय गरेकी छिन्। त्यहि अभिनय र स्वरका कारण उनको भेट हुन पुग्यो नायक पल शाहसंग । म्युजिक भिडियोबाटै उदाएका पल शाह पछिल्लो समय नायकको रुपमा देखिदैँ आएको छ । पल पनि लोकप्रिय नायक हुन् । तर अहिले पल शाह नायक वा खलनाय भन्ने ठुलो प्रश्न उठिरहेको छ ।
२०२१ अप्रिल ११ मा लोकदोहोरी गीत ‘सुर्ती माड्दै’ रिलिज भयो । सोही गीतको सुटिङमा भेट भएको थियो नायक पल शाह र गायिका समीक्षा अधिकारीको । उक्त गीतबाट नै उनीहरु नजिकिएका थिए । त्यसपश्चात समिक्षा यतिसम्म नजिक हुन पुगिन की पलसंग छुट्नै चाहिनन् । तर पल शाह भने समिक्षाबाट टाढिन खोज्दै थिए । निकै निकटताले गम्भीर मोड लिएका कारण नै उनीहरू दुवै केहि समय मिडियासँग समेत तर्किरहेका थिए ।
समीक्षासँगको प्रेमलाई पलले गम्भीररुपमा नलिँदा समस्या उत्पन्न भएको छ । समीक्षाले प्रेम सम्बन्धमा पर्नु अगावै पललाई सोधेकी पनि थिइन् । कोहिसंग सम्बन्ध भए हामी अघि नबढौँ भनेर । तर पलको मन कहाँ मान्ने त्यति राम्री गायिकासंग सम्बन्ध टुटाउन । सम्बन्धलाई सामान्य मान्ने पलले विवाद आएपश्चात बाहिरीएको अडियोमा समेत स्पष्ट भनेका छन् की प्रेगनेन्ट भएको भए स्विकार्ने नत्र सामान्य हो भनेर ।
तर भर्खरै करियरको उचाइ छुँदै गरेकी समीक्षा भने पलको प्रेममा चुर्लम्मै डुबिन् । प्रेममा रहेको केही समयमा नै पलले समीक्षा लाइै वे वास्ता गर्न लागे पछि दुई बीचको तनाव बढेको हो । पलले समीक्षालाई छोड्न खोजे पछि समीक्षा रिसाएकी हुन् ।






























प्रतिक्रिया लेख्नुहोस्:-