पोखरा । पिडितको जाहेरीपछी पल शाह विरुद्ध पक्राउ पुर्जी जारी भएको स्रोतले जानकारी दिएको छ ।
शाह विरुद्ध तनहुँ शुक्लागण्डकी नगरपालिका ९ दुलेगौडाका प्रदिप थापाका घरमा अन्तिम पटक करणी गरेको पिडितको वुवाले जाहेरीमा उल्लेख गरेका छन् । पल शाहा र पिडितको रिलेशनमा बस्दै आएका थिए । उनीहरुबिच केही समय अघि देखी विवाद चर्किएको थियो । हाल पिडितको १६ वर्षकी छन् ।
लामो समयदेखी पल र पिडितको सम्बन्ध बारे अनेकौं कोणबाट प्रश्न उठ्ने गरेको थियो । मुलुकी अपराध संहिताको दफा २१९ अनुसार १८ वर्षभन्दा कम उमेरकी बालिकासँग सहमतिमै यौन सम्बन्ध राखे पनि त्यसलाई जबरजस्ती करणी मानिन्छ । १६ वर्षदेखि १८ वर्ष उमेरकी बालिकासँग यौन सम्बन्ध राखेमा १० देखि १२ वर्षसम्म जेल सजाय हुन सक्ने मुलुकी अपराध संहितामा उल्लेख छ ।






























प्रतिक्रिया लेख्नुहोस्:-