पोखरा । नायक पल शाह विरुद्ध नाबालिगमाथि यौनजन्य अपराध घटनामा किटानी जाहेरी दर्ता गराएकी छन् ।
बुधबार दिउँसो जिल्ला प्रहरी कार्यलय तनहुँमा किटानी जाहेरी दर्ता भएको हो । लामो समयदेखी पल र पिडित सम्बन्ध बारे अनेकौं कोणबाट प्रश्न उठ्ने गरेको थियो । पछिल्लो समयमा उक्त विवाद चर्किएको थियो । केही दिन अघि मात्रै गायीका अधिकारी र नायक शाहको संवाद बाहिरिएपछि उनीहरुको सम्बन्धको विषयमा सामाजिक सञ्जाल तातिएको छ।
मुलुकी अपराध संहिताको दफा २१९ अनुसार १८ वर्षभन्दा कम उमेरकी बालिकासँग सहमतिमै यौन सम्बन्ध राखे पनि त्यसलाई जबरजस्ती करणी मानिन्छ । १६ वर्षदेखि १८ वर्ष उमेरकी बालिकासँग यौन सम्बन्ध राखेमा १० देखि १२ वर्षसम्म जेल सजाय हुन सक्ने मुलुकी अपराध संहितामा उल्लेख छ ।
यस घटनाको विषयमा बुझन् खोज्दा जिल्ला प्रहरी कार्यालय तहुँका डिएसपी युवराज खड्को फोन सम्पर्क भएन ।






























प्रतिक्रिया लेख्नुहोस्:-