२०८३ साउन ३, आइतवार
प्रिती बाट युनिकोड
Gandaki Press
lJMN6.gif
  • गृहपृष्ठ
  • समाचार
  • अपराध
  • समाज
  • राजनिती
  • अर्थ
  • खेलकुद
  • शिक्षा/स्वास्थ्य
  • साहित्य/मनोरञ्जन
  • अन्तर्वार्ता
  • अन्तराष्ट्रिय
  • यस भित्र
    • पर्यटन
    • विचार
    • राशिफल
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृहपृष्ठ
  • समाचार
  • अपराध
  • समाज
  • राजनिती
  • अर्थ
  • खेलकुद
  • शिक्षा/स्वास्थ्य
  • साहित्य/मनोरञ्जन
  • अन्तर्वार्ता
  • अन्तराष्ट्रिय
  • यस भित्र
    • पर्यटन
    • विचार
    • राशिफल
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
Gandaki Press
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

त्रिवेणीको विकासका लागि प्रदेश सरकारको ‘विशेष प्याकेज’

दुम्कीवास–त्रिवेणी बाटो खुल्ने भएपछि स्थानीय हर्षित

गण्डकी प्रेस
फाल्गुन ११, २०७८ १६:५१ मा प्रकाशित
प्रमुख समाचार, समाचार, समाज
त्रिवेणीको विकासका लागि प्रदेश सरकारको ‘विशेष प्याकेज’
24
SHARES
Share on FacebookShare on Twitter

त्रिवेणी । माघको दोस्रो साता गण्डकीका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेल मन्त्रीसहितको टिम लिएर सिंहदरबार पुगे । माघ १६ मा प्रधानमन्त्री शेरबहादुर देउवासँग भेटेर अलपत्र आयोजनका लागि बजेट थपिदिन आग्रह गरेका उनी त्यसको भोलिपल्ट अर्थात् १७ गते ३ मन्त्रीसँग भेटघाट गरे । भेटघाटको उद्देश्य थियो, प्रदेशले प्राथमिकतमा राखेका तर अगाडि बढ्न नसकेका योजनाको गाँठो फुकाउने ।
मन्त्रीमात्र होइन उनी सचिवको कार्यकक्षमा समेत पुगे ।

भाषणमा धेरैपटक भनिएको, नागरिकलाई धेरैपटक आश्वासन बाँडिएको दुम्कीवास त्रिवेणी सडक खण्डको ट्रयाक अब जसरी पनि खोल्नुपर्छ भन्ने लागेर मुख्यमन्त्री वन तथा वातावरण सचिव पेमनारायण कँडेलकै कोठामा पुगे । ४ वर्षदेखि थन्किएको मोटो फाइल सचिव कँडेलले देखाए । जहाँनेर गाँठो परेको थियो, त्यसलाई फुकाउन यसअघि भाषणमा भनेजस्तो पहल बेलीविस्तार सचिवले सुनाए । मुख्यमन्त्री पोखरेलले स्थानीय नागरिकको भावना मात्र होइन, प्रदेशको समृद्धिसँग जोडिएको यो मार्गको खुलाउन काम तुरुन्तै गर्न आग्रह गरे अनुसार सचिव कँडेलले वन तथा वातावरण मन्त्री रामसहाय यादवसँगको सल्लाहमा फाइल अगाडि बढाए ।

डिपिआरको काम तुरुन्तै सुरु गर्न सडक विभागलाई लेखी पठाउने, वन्यजन्तुमैत्री पूर्वाधार निर्माण निर्देशिका पालना गर्ने र चितवन निकुन्जको मध्यवर्ती क्षेत्रमा पर्ने भएकाले यसका लागि युनेस्कोसँग आग्रह गर्ने गरी सचिवस्तरीय निर्णय त्यही दिन भयो । अनि बल्ल ढुक्क भए मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेल । मिडियाकर्मीले मुख्यमन्त्री भएर पनि आफै सिंहदरबार धाउने ? भन्ने प्रश्न गर्दा उनले भनेका थिए, प्रदेशको हितमा हुने कामका लागि सिंहदरवार धाउनु के नौलो भयो र ?

कोरला त्रिवेणी सडक अन्तर्गत ट्रयाक खुल्न बाँकी खण्डको अवरोध खुल्ने निश्चित भएपछि मात्रै मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेल अर्थमन्त्री रामजीप्रसाद बराल जीवनलाई लिएर गत साता त्रिवेणी पुगे । साथमा थिए प्रमुख सचिव रवीलाल पन्थ र अर्थसचिव वैकुण्ठ अर्याल ।

मुख्यमन्त्री पोखरेलले मुख्यमन्त्री भएलगत्तै आफू त्रिवेणी आउन चाहे पनि निकुन्जकै कारण ट्रयाक खुल्ने सुनिश्चित नहुँदासम्म असजिलो लागेर नआएको बताए । गजेन्द्र मोक्षधाममा आयोजिक कार्यक्रममा उनले भने,‘हामी प्रतिपक्षमा हुँदा पनि बारम्बार उठाएको सबाल थियो, सरकारमा आएपछि झन् जिम्मेवारी नै हाम्रो भयो, अब गाँठो फुकेपछि तपाईंहरु सामु आएर बोल्न पनि सजिलो भयो ।’

गण्डकी प्रदेशको ‘लाइफलाइन’ त्रिवेणी कोरला सडकको त्रिवेणी दुम्कीवास खण्ड १९ किलोमिटरमध्ये ८ किलोमिटर खण्ड चितवन राष्ट्रिय निकुन्जको केही भाग र मध्यवर्ती क्षेत्र पर्ने भएकाले काम अगाडि बढ्न सकेको थिएन । चितवन राष्ट्रिय निकुन्ज विश्व सम्पदा सूचीमा सूचीकृत भएकाले त्यहाँ विकासको कामका लागि युनेस्कोको स्वीकृत लिनुपर्ने हुन्छ । बाटोको पहुँच नहुँदा विनयी त्रिवेणीको ६ र ७ नम्बर वडाका बासिन्दा पालिका कार्यालय पुग्न लुम्बिनी प्रदेशको बर्दघाट हुँदै जानुपर्ने वाध्यता छ ।

गण्डकी प्रदेशलाई भारतसँग जोड्न नाका भएको र त्यही अनुसार विकास हुने विश्वासमा यस क्षेत्रलाई गण्डकी प्रदेशमा राख्न सहमत भएको तथ्यलाई आफूले स्मरण गरिरहेको भन्दै अब छिटै नै २ वडाको विकासका लागि ‘विशेष प्याकेज’ घोषणा गर्ने प्रतिबद्धता जनाए । उनले भने, ‘भन्सारको स्तरोन्नती, शिक्षा, सडक, स्वास्थ्य मात्र नभएर पर्यटनको क्षेत्रमा पनि धेरै गर्नुपर्ने छ, यसका लागि हामी विषेष प्याकेज नै बनाउँदैछौं ।’ त्रिवेणीको विकासकै लागि प्रदेश सरकारले गजेन्द्र मोक्षधाम धार्मिक क्षेत्र विकास समिति गठन गरेको जानकारी मुख्यमन्त्री पोखरेलले गराए ।

गजेन्द्रमोक्ष धाममा अहिले पनि दैनिक १ हजारदेखि १५ सय धार्मिक पर्यटक आउने गरेको भन्दै मुख्यमन्त्री पोखरेलले सडकमार्ग विस्तार र पूर्वाधार विकास गर्न सके यसले व्यापकता पाउने भनाइ राखे ।

अर्थमन्त्री रामजीप्रसाद बराल जीवनले त्रिवेणीको विकासका लागि मुख्यमन्त्रीले झकझकाइरहेको भन्दै प्रदेशको क्षमता अनुसार प्याकेज घोषणा गरिने प्रतिबद्धता जनाए । उनले भने, ‘त्रिवेणीका बासिन्दालाई हामी गण्डकी प्रदेशभित्रकै हौं भन्ने अनुभूति दिलाउनुर्छ, हामी त्यही अनुसार तयारीमा जुटेका छौं ।’

विनयी त्रिवेणी गाउँपालिकाका अध्यक्ष डम्बरबहादुर जिसीले पालिकाका २ वडाले विद्रोह नै गरेर लुम्बिनीमा गाभिनु पर्ने अवस्था रहेको भन्दै अब त्यो अवस्था नआउने बताए । ‘हामीले मागेको भनेकै बाटो हो, हुन त धेरै समस्या हामीसँग छन्, तर पनि बाटो खुल्यो भने धेरै असन्तुष्टि कम हुन्छ, अरु विकास त विस्तारै गर्दै जाने हो ।’

वडा नम्बर ६ का वडाध्यक्ष पितमबहादुर गुरुङले बाटो नभएकै कारण त्रिवेणीका जनताले सास्ती खेप्नु परेको र अब त्यो अवस्था अन्त्यका लागि प्रदेश सरकारले गरेको पहलले स्थानीय उत्साही भएको भनाइ राखे । वडा नम्बर ७ का वडाध्यक्ष गोपालबहादुर क्षेत्रीले बर्खामा मात्र होइन हिउँदमा पनि आवतजावत गर्न गाह्रो रहेको अवस्थामा अब दुम्कीवासबाट ट्रयाक खुलेपछि धेरै सजिलो हुने बताए ।
मुख्यमन्त्रीसहितको टोलीले उक्त अवसरमा सिमानाकामा पुगेर गण्डक बाँध र छोटी भन्सार अवलोकन गरेको छ ।

सम्बन्धित समाचार

मुस्ताङमा युरेनियम उत्खनन गर्न सम्झौता भएको छैन : परराष्ट्रमन्त्रीको
प्रमुख समाचार

मुस्ताङमा युरेनियम उत्खनन गर्न सम्झौता भएको छैन : परराष्ट्रमन्त्रीको

पोखरा ३२ सार्वजनिक सुनुवाइ सम्पन्न, वडाको मुहार परिर्वतन भएको छ अध्यक्ष: कार्की
प्रमुख समाचार

पोखरा ३२ सार्वजनिक सुनुवाइ सम्पन्न, वडाको मुहार परिर्वतन भएको छ अध्यक्ष: कार्की

निर्वाचन प्रक्रियामाथि प्रश्न उठाउँदै पूजा वास्तोलाद्वारा सर्वोच्च जाने घोषणा
प्रमुख समाचार

निर्वाचन प्रक्रियामाथि प्रश्न उठाउँदै पूजा वास्तोलाद्वारा सर्वोच्च जाने घोषणा

पोखरामा पूर्वीय वाङ्मय ज्योतिष सम्मेलन सम्पन्न
समाचार

पोखरामा पूर्वीय वाङ्मय ज्योतिष सम्मेलन सम्पन्न

रास्वपा गण्डकीको सभापति दौडमा डा. हरि कार्की ?
राजनिती

रास्वपा गण्डकीको सभापति दौडमा डा. हरि कार्की ?

सन्तु हत्या आराेपमा जाेडिए रास्वपा नगर अध्यक्ष श्रेष्ठ
अपराध

सन्तु हत्या आराेपमा जाेडिए रास्वपा नगर अध्यक्ष श्रेष्ठ

प्रतिक्रिया लेख्नुहोस्:-

हाम्रो बारे

'समाजको ऐना, हामी सत्यमा विश्वास गर्छौं।' गण्डकी प्रेस पोखराबाट सञ्चालित अनलाइन न्युज पोर्टल हो । यस न्युज पोर्टल मार्फत हाम्रो समाज हुने गरेका विकृति, विसंगति, सामाजिक विषयवस्तु, विकास एवं विभिन्न घटनाहरुको सम्प्रेषण गर्दै समुदायलाइ सु-सुचित गर्ने हाम्रो उदेश्य हो ।

गण्डकी प्रेस प्रा.लि. द्वारा संचालित
सूचना तथा प्रशारण विभाग दर्ता नं. २६१४/०७७-०७८ 

हाम्रो समूह

समाचार प्रमुख सुरेशराज अधिकारी
कानूनी सल्लाहाकार  बिमल प्र. लामिछाने
सम्पादक  सुशीलराज अधिकारी
संवाददाता  विष्णु प्र. बसौला
बिनिता सुनार
राज कुमार घिमिरे
ऋषि खतिवडा

सामाजिक सञ्जाल

Facebook Twitter Instagram RSS

सम्पर्क

गण्डकी प्रेस प्रा.लि.
पोखरा -०९, कास्की
gndakipress@gmail.com
सम्पर्क : +977 - 9856000233

© 2021 All Right Reserved With Gandaki Press - Designed by MPG Solution.

  • Privacy Policy
  • गण्डकी प्रेस
  • प्रिती बाट युनिकोड
  • राशिफल
  • समाचार
  • सम्पर्क
  • सामाजिक सञ्जाल बाट
  • हाम्रो बारे
  • हाम्रो समूह

कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृहपृष्ठ
  • समाचार
  • अपराध
  • समाज
  • राजनिती
  • अर्थ
  • खेलकुद
  • शिक्षा/स्वास्थ्य
  • साहित्य/मनोरञ्जन
  • अन्तर्वार्ता
  • अन्तराष्ट्रिय
  • यस भित्र
    • पर्यटन
    • विचार
    • राशिफल

© 2026All Right Reserved WithGandaki Press - Designed by MPG Solution.

ताजा खबरहरु

मुस्ताङमा युरेनियम उत्खनन गर्न सम्झौता भएको छैन : परराष्ट्रमन्त्रीको

मुस्ताङमा युरेनियम उत्खनन गर्न सम्झौता भएको छैन : परराष्ट्रमन्त्रीको

पोखरा ३२ सार्वजनिक सुनुवाइ सम्पन्न, वडाको मुहार परिर्वतन भएको छ अध्यक्ष: कार्की

पोखरा ३२ सार्वजनिक सुनुवाइ सम्पन्न, वडाको मुहार परिर्वतन भएको छ अध्यक्ष: कार्की

निर्वाचन प्रक्रियामाथि प्रश्न उठाउँदै पूजा वास्तोलाद्वारा सर्वोच्च जाने घोषणा

निर्वाचन प्रक्रियामाथि प्रश्न उठाउँदै पूजा वास्तोलाद्वारा सर्वोच्च जाने घोषणा

पोखरामा पूर्वीय वाङ्मय ज्योतिष सम्मेलन सम्पन्न

पोखरामा पूर्वीय वाङ्मय ज्योतिष सम्मेलन सम्पन्न

रास्वपा गण्डकीको सभापति दौडमा डा. हरि कार्की ?

रास्वपा गण्डकीको सभापति दौडमा डा. हरि कार्की ?

सन्तु हत्या आराेपमा जाेडिए रास्वपा नगर अध्यक्ष श्रेष्ठ

सन्तु हत्या आराेपमा जाेडिए रास्वपा नगर अध्यक्ष श्रेष्ठ

प्रथम महिला फुटसल लिग विवाद सहमतिमा टुंगियो, बौद्ध क्लबले दियो धन्यवाद

प्रथम महिला फुटसल लिग विवाद सहमतिमा टुंगियो, बौद्ध क्लबले दियो धन्यवाद

‘एसईई डान्स र किड्स डान्स च्याम्पियनसिप तथा ‘स्रष्टा सम्मान’ सम्पन्न

‘एसईई डान्स र किड्स डान्स च्याम्पियनसिप तथा ‘स्रष्टा सम्मान’ सम्पन्न

पोखरा महिला फुटसल लिग विवादमा, आयोजकको गम्भिर लापरवाहिले टिमलाई ठूलो मर्का

पोखरा महिला फुटसल लिग विवादमा, आयोजकको गम्भिर लापरवाहिले टिमलाई ठूलो मर्का

चर्चित खबरहरु

४ दिन कैद सजाए भोग्न बाँकी रहेका राई पक्राउ

अवैध लागूऔषध सहित ५ जना पक्राउ

४ दिन कैद सजाए भोग्न बाँकी रहेका राई पक्राउ

रसिया पठाइदिन्छु भनी ठगी गर्ने व्यक्ति पक्राउ

Privity of Contract and its Specifications with Reference to Nepal

Socialist Legal System: An Assessment of Theory and Practice With Special Reference to Nepal 

बर्डफ्लुका कारण ११ वर्षिया बालकको मृत्यु

पोखरा १९ पुरचौरमा पहिरोमा परि ७ जनाको मुत्यु

४ दिन कैद सजाए भोग्न बाँकी रहेका राई पक्राउ

मेयर प्रेमलालको सट्टामा एसईई दिंदै गरेका कमल साह पक्राउ

एमाले नेता प्रदीपको देउवाप्रति खरो प्रहार, पहिले श्री ५ ले अहिले श्रीमान ५ ले प्रधानमन्त्री बनाए

एमाले नेता प्रदीपको देउवाप्रति खरो प्रहार, पहिले श्री ५ ले अहिले श्रीमान ५ ले प्रधानमन्त्री बनाए

२ करोडको लगानीमा पोखरामा क्लासिक चुलो

२ करोडको लगानीमा पोखरामा क्लासिक चुलो

राज्यले सुकुमबासीको समस्या समाधान गर्नुपर्छ : संसद श्रेष्ठ

राज्यले सुकुमबासीको समस्या समाधान गर्नुपर्छ : संसद श्रेष्ठ

सगरमाथा आरोहणका लागि चार सय १४ जनाले अनुमति लिए

सगरमाथा आरोहणका लागि चार सय १४ जनाले अनुमति लिए