पोखरा । नेपाली काँग्रेस विपी कास्कीको आयोजना प्रजातन्त्र दिवस मनाएको छ ।
कार्यक्रममा नेपाली काँग्रेस विपीका उपसभापति पुषराज पराजुलीले व्यक्तिगत स्वार्थको लागि अहिलेको काँग्रेस र कम्युनिस्टको रहेको बताए । भारतले नेपाली भुमीमा बाटो बनाएको बिषय कुनै पार्टीले बोल्न नसकेको बताए । नेपाली जनताले नेपाल बचाउन एकपटक लडाइँ लड्नुपर्ने अबस्था आएको बताए ।
नेपाली काँग्रेस विपीका केन्द्रीय सदस्य झपेन्द्र आचार्य संविधानमा लेखिएको मौलिक अधिकार नेपाली जनताले प्रयोग गर्न नपाएको बताए । नेपाली काँग्रेस पार्टीको सहि उदेश्य भएको बताए । नेपाली काँग्रेस विपीका केन्द्रीय सदस्य जगतबन्धु पोख्रेलले विपीको सिद्धान्त कार्यान्वयन गर्न सके स्वतह देशको बिकास हुने बताए ।
नेपाली काँग्रेस बिपी केन्द्रीय नेपाल शिक्षक संग बिपी केन्द्रीय संयोजक मीनबहादुर नेपाली विपीले परिकल्पना गरे अनुसार व्यवाहारीक शिक्षाको पार्टीको धारणा रहेको बताए । नेपाल महिला संग विपी केन्द्रीय सदस्य माया तिवारी सहिदले रगतको खोलो बनाएर प्रजातन्त्र आएको बताईन ।
नेपाल महिला संग विपी केन्द्रीय सदस्य लक्ष्मी रोक्का एमसिसि देशको स्वतन्त्र भन्दा माथि रहेको कारण पास हुन नहुने बताईन ।
नेपाल तरुण दल बिपीका जिल्ला अध्यक्ष दिपक अधिकारी घोषणा गरेको छ । घोषणा पछि धन्यवाद ज्ञापन गरे ।
स्वागत मन्तव्य कस्की जिल्ला उपाध्यक्ष डम्बर बाँनिया । नेपाली काँग्रेसले देशमा बाटो बिराएको कारण नेपाली काँग्रेस बिपीको जन्म भएको बताए ।
लोकनाथ पाण्डे लगायतका १० भन्दा बढी युवाहरुले पार्टी प्रवेश गराएका छन ।






























प्रतिक्रिया लेख्नुहोस्:-