पोखरा । पोखरा म्याराथनको सुरु २०५८ सालदेखि भएको हो । सुरुवाति दिनमा निकै समस्या झेल्दै बिचमा म्याराथन समेत गर्न नसकेको भुतपुर्व खेलाडी मञ्चको यो दौड प्रतियोगिताले डेढ दशकमा पुग्दा अन्तराष्ट्रिय स्तरको पहिचान बनाइसकेको छ ।
२६ जनाबाट सुरु भएको यो म्याराथनमा अहिले हजारौँको सहभागिता हुने गर्दछ । यद्यपी मुख्य प्रतियोगिताका लागि सयबढि धावकले प्रतिस्पर्धा गर्नेगर्छन । तर पछिल्ला २ वर्ष कोरोना महामारीले प्रतियोगितालाई नराम्ररी असर गरिरहेको छ ।
१६ औं सफल पोखरा म्याराथनमा केन्याका धावकले किर्तिमानी कायम गर्दै अर्को स्थानमा प्रतियोगितालाई पुर्याएका छन् ।
विश्व म्याराथनमा प्रभाव जमाउँदै आएको राष्ट्र केन्याका धावक पोखरामा आएर दौडनु सामान्य कुरा भने होइन् ।
एक दशक अघि नेपालीले राखेको किर्तिमानी केन्याका दोस्रो स्थानकै धावकले तोडिदिएका छन् भने प्रथम हुने धावकले नयाँ किर्तिमानी कायम गरेका छन् ।
केन्याका धावक स्टेफन कोसगेईले २ घण्टा १९ मिनेट ४३ सेकेन्डमा निर्धारित ४२.१९५ किलोमिटको दुरी पुरा गर्दै नयाँ किर्तिमानी राखेका हुन् । यो पोखरा म्याराथनकै सबैभन्दा छोटो समयमा पार गरिएको समय हो ।
यस्तै २ मिनेट पछि परेका केन्याकै सिमिओन केप्लागातोले २ घण्टा २१ मिनेट ३ सेकेन्डमा दुरी पार गर्दै दोस्रो स्थान हासिल गरे । उनीहरुले छैटौं संस्करणमा बनेको २ घण्टा २५ मिनेट ०१ सकेन्डको किर्तिमानी एक दशकमा तोडिदिएका हुन् । आर्मीका अर्जुन कुमार बस्नेतले राखेको किर्तिमानी भंग गर्दै स्टेफनले नयाँ किर्तिमानी कायम गर्न सफल भए ।
विजेता स्टेफनले नगद ४ लाख रुपैँया प्राप्त गरे भने दोस्रो भएका केन्याकै सिमिओनले २ लाख रुपैँया हात पारे ।
आर्मीका मोहनदेव जोशीले २ घण्टा ३३ मिनेट ४४ सेकेन्डमा दुरी पार गर्दै तेस्रो स्थान हासिल गरे । उनले नगद १ लाख रुपैयाँ प्राप्त गरे । शसस्त्रका धावक सन्तोष विक्रम विष्टले २ घण्टा ३४ मिनेट ४८ सेकेन्डमा दुरी पार गर्दै सान्त्वना स्थान हासिल गरे उनले ३० हजार रुपैयाँ प्राप्त गरे ।
महिला तर्फको हाफ म्याराथनमा नेपाल पुलिस क्लबकी राजपुरा प्रसाँईले जितिन् । उनले आफ्नै रेकर्डमा समेत सुधार गरिन् । अघिल्लो संस्करणको समेत विजेता उनले निर्धारित दुरी १ घण्टा २१ मिनेट २६ सेकेन्डमा पुरा गर्दै सुधार गरिन् । अघिल्लो वर्षको १५ औँ सफल पोखरा म्याराथनमा उनले १ घण्टा २७ मिनेट २० सेकेन्डमा पुरा गरेकी थिइन् । उनले नगद १ लाख रुपैयाँ हातपारिन् । यस्तै एपिएफकी व्रृन्दाधाँक श्रेष्ठले १ घण्टा २७ मिनेट ४१ सेकेन्डमा दुरी पुरा गर्दै दोस्रो हुन पुगिन् । उनले ७५ हजार रुपैयाँ प्राप्त गरिन् । जुम्लाकी राममाया बुढा तेस्रो हुँदै ५० हजार रुपैयाँ प्राप्त गरिन् । उनले निर्धारित दुरी १ घण्टा ३० मिनेट ४८ सेकेन्डमा पुरा गरिन् । विदेशी धावक हेन्हा करसले १ घण्टा ३२ मिनेट ५८ सेकेन्डमा दुरी पुरा गर्दै सान्त्वना स्थान हासिल गरिन् । उनले ३० हजार रुपैयाँ प्राप्त गरिन् ।
अहिले प्रतियोगिताका लागि विभिन्न मुलकबाट धावकहरुको सहभागिता रहने गरेको छ । केन्या,भारत, युके, ओमन, फ्रान्स, आयरल्यान्ड, अमेरिका जस्ता राष्ट्रबाट खेलाडीहरु सहभागि हुन थालेका छन् । जसले पोखराको म्याराथनलाई अन्तराष्ट्रिय स्तरमा पुर्याएको छ । तर पनि सडक सुरक्षा, पुरस्कार राशी लगायतका विषयका कारण प्रतियोगितालाई अन्तराष्ट्रिय म्याराथन संघसंग जोड्न भने सकिरहेको छैन् । आयोजक भुतपुर्व खेलाडी मञ्चले २०२४ सम्म उक्त संघमा जोड्ने योजना पनि अघि बढाइरहेको छ ।






























प्रतिक्रिया लेख्नुहोस्:-