पोखरा । पोखरामा एमसिसि बिरुद्ध बुधबार हाम्रो परिर्वतन नेपालले बिरोध प्रदर्शन गरेको छ । हाम्रो परिर्वतन नेपालका अध्यक्ष डाक्टर ढाका कमार श्रेष्ठको संयोजकमा एमसिसि राष्ट्रघाती रहेको भन्दै बिरोध प्रर्दशन गरेका हुन ।
राष्ट्रघाती एमसिसि सम्झौता खारेज गर ,देश बेचेर समृद्धि कहाँ ल्याउछउ लयातका प्लेकार्ड बोकेर मानव अधिकारचोक, विपी चोकमा उभिएका थिए ।
बर्तमान परिस्थितीमा अमेरिका मिलिनियम चालेन्ज कोरपोरेसन अर्थात एमसिसिले देशलाई ठुलो घात पुग्ने भएकोले आउन नदिन एक जुट भई कडा बिरोध गर्न आग्रह गर्नुपर्ने संस्थाका अध्यक्ष श्रेष्ठको भनाई छ ।
संस्थाले एमसिसिको बिरुद्धमा हस्ताक्षर संकलन अभियान, लकडाउनको समयम टोल टोलमा निशुल्क स्वाब संकलन, पोखरा हस्पिटल चोकमा रहेको प्रहरी पोष्ट निर्माण लगायतका काम गदै आएको छ ।































प्रतिक्रिया लेख्नुहोस्:-