पर्बत । २ वटा नागरिता बनाउने कुश्मा नगरपलिका वडा ११ बस्ने बर्ष २५ को आशिष केसीलाई जिल्ला प्रहरी कार्यालय पर्वतले पक्राउ गरेको छ । केसीले नक्कली शैक्षिक योग्यताका प्रमाणपत्रहरु संकलन गरी दोस्रो नागरिकता लिएको जिल्ला प्रहरी कार्यालय पर्वतका पवक्ता प्रहरी निरिक्षक राजेन्द्र अधिकारीले जानकारी दिए ।
दोस्रो नागरिकता रद्द गर्ने प्रक्रियामा रहेको र नक्कली शैक्षिक योग्यताका प्रमाणपत्रको विषयमा छानबिन गरी आवश्यक कारवाहीको अधिकारीले जानकारी दिए ।
केसीलाई फागुन ६ गते पक्राउ गरी लिखत सम्बन्धी कसुर किर्ते गर्न नहुने मुद्धामा मुद्धा दर्ता गरी जिल्ला सरकारी वकिल कार्यालय पर्बत मार्फत सम्मानित पर्बत जिल्ला अदालतबाट पहिलो पटक दिन ४ को लागि म्याद थप गरि अनुसन्धान बढाएको उनले जानकारी दिए ।






























प्रतिक्रिया लेख्नुहोस्:-