प्रतिनिधि सभा बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले नाराबाजी शुरु गरेको छ ।
शुक्रवार सभामुख अग्नि सापकोटाले प्रतिनिधि सभाको बैठक शुरु भएको घोषणा गर्नासाथ एमाले सांसदहरुले वेलमा गएर नाराबाजी शुरु गरेका हुन् ।
माधव नेपाल लगायत १४ जना सांसदमाथि पार्टीले गरेको कार्वाहीअनुसार उनीहरुलाई पदमुक्त गर्न माग गर्दै एमालेले गत भदौ २३ गतेदेखि संसदमा निरन्तर विरोध गर्दै आइरहेको छ । अमेरिकी आर्थिक सहयोग कार्यक्रम एमसीसीमा सहमति जुट्न नसकेपछि शुक्रवारको बैठकमा एमसीसी अनुमोदन गर्ने कार्यसूची छैन ।






























प्रतिक्रिया लेख्नुहोस्:-