पोखरा । राष्ट्रिय प्रजातन्त्रीक युवक संगठनका केन्द्रीय महामन्त्री सन्दीप कुवँर आफु राष्ट्रिय प्रजातन्त्र पार्टीमा नै रहेको बताएका छन । उनले अन्य पार्टीमा नाम जोडिएपछी कुवँरले शुक्रबार प्रेस विज्ञप्ती जारी गरेका छन । विज्ञप्तीमा भनेका छन ‘हिजो मिती २०७८ फागुन ५ गते अहिन्दुवादी, गिताको मान नराख्ने, गणतन्त्रवादीका केही झुन्डले मेरो अनुमती बिना नाम राखी चरित्र हत्या गर्ने उदेश्यले कतै मेरो नाम जोडका छन् । मेरो सल्लाहा बिना मेरो नाम कुनै राजनितिक दल ‘कठित राप्रपा नेपाल’ संग आवद्ध भएको प्रेस विज्ञप्तीको म घोर भसर्ना गर्दछु ।’
विज्ञप्ती मार्फत आफु राष्ट्रिय प्रजातन्त्र पार्टीको निती बिचार र सिद्धान्तमा पुर्ण प्रतिवद्ध छु र राष्ट्रिय प्रजातन्त्रीक युवक संगठनबाट बाहिर नभएको सबैमा जानकारी दिएका छन ।































प्रतिक्रिया लेख्नुहोस्:-