पोखरा । राप्रपा कास्कीले आगामी फागुन ७ गते पोखरामा आमसभा गर्ने जनाएको छ ।
आज पत्रकार सम्मेलन गरी आमसभालाई पार्टीका केन्द्रीय अध्यक्ष राजेन्द्र लिङ्देन, निवर्तमान अध्यक्ष डा। प्रकाश चन्द्र लोहनी, उपाध्यक्षद्वय बिक्रम पाण्डे र हेमजंग गुरुङ, केन्द्रीय सदस्यहरु पुष्पराज पुरुष, ज्ञानेन्द्र शाह, अभिषेक जोशी लगाएतले सम्बोधन गर्ने कार्यक्रम रहेको राप्रपा कास्कीले जनाएको छ ।
आमसभाको पूर्व सन्ध्यामा पोखराको पृथ्वीचोकबाट चिप्लेढुङ्गासम्म र्याली गर्ने राप्रपा कास्कीका अध्यक्ष नारायण गुरुङले जानकारी दिए । उक्त कार्याक्रममा पार्टी प्रवेश गराउने लगायतका अन्य कार्याक्रम पनि रहेका छ ।






























प्रतिक्रिया लेख्नुहोस्:-