पोखरा । गण्डकी प्रदेश स्थापनाको अवसरमा गण्डकी प्रदेश खेलकुद परिषद्को आयोजनामा भएको ठेलो प्रतियोगितामा किरण विक र रिषासरा थापा प्रथम भएका छन् ।
प्रदेशले परम्परागत खेलको प्रबद्र्धन र सम्मानका लागि पोखरामा आयोजना गरेको प्रदेश स्तरीय ठेलो प्रतियोगिताको पुरुषतर्फ किरण विक प्रथम भए । पर्वतका विकले ठुलो ठेलोमा १३.८८ मिटर र सानो साधँमा १९.६९ मिटर फाल्दै प्रथम भएका हुन् । उनले आफ्नै रेकर्ड तोड्दै ठुलो ठेलोमा १४.०७ दुरी फाले । उनले नगद ६० हजार रुपैयाँ हात पारे । यस्तै रोहित विकले ठुलो ठेलोमा १३.५८ मिटर फाल्दै दोस्रो भए । स्याङजाका राजेश गुरुङ १२.९३ मिटर फाल्दै तेस्रो भए । सानो ठेलो तर्फ रविन विक दोस्रो भए उनले १९.३७ मिटर पर फाले । रोहित विकले १९.३३ मिटर पर फाल्दै तेस्रो भए ।
महिला तर्फ भएको प्रतियोगितामा रिषा सरा थापाले १०.७३ मिटर पर फालिन । दोस्रो स्थानमा रहेकी सरस्वती गुरुङले १०.६३ मिटर पर फालिन भने १०.२४ मिटर पर फालेकी शर्मिला थापा मगर तेस्रो भइन् ।






























प्रतिक्रिया लेख्नुहोस्:-