काठमाडौं । तनहुँ, म्याग्दे गाउँपालिका १ बरचौरस्थित सडकमा ग २ च ७४७४ नम्बरको बलेरो जिपले ग ७ प ५८२६ नम्बरको स्कुटरलाई आइतबार साँझ ठक्कर दिँदा स्कुटर चालक सोही गाउँपालिका तल्लो गुणादी बस्ने ४० वर्षीय मनोज खनालको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको जिल्ला अस्पताल तनहुँमा उपचारको क्रममा मृत्यु भएको हो । जिप चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
कपिलवस्तु, वाणगंगा नगरपालिका ३ ववनीस्थित सडकमा लु ३२ प ४७८० नम्बरको मोटरसाइकल र प्रदेश २-०३-०२१ प ९६०२ नम्बर स्कुटर एक-आपसमा ठक्कर खाई आइतबार दिउँसो दुर्घटना हुँदा मोटरसाइकल चालक सोही नगरपालिका ८ बस्ने २५ वर्षीय नमु पौडेलको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको एमन्ड सिटि अस्पताल बुटवलमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार १ जना र स्कुटरमा सवार २ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ ।
सप्तरी, कंन्चनरुप नगरपालिका ११ बक्साहा चोकस्थित सडकमा प्रदेश ३-०१-००५ ख ९७६५ नम्बरको हाइस गाडीले स ६ प २०९२ नम्बरको मोटरसाइकललाई आइतबार दिउँसो ठक्कर दिँदा मोटरसाइकलमा सवार बोधेबरसाईन नगरपालिका ५ बस्ने २० वर्षीय अरवान सिडिकको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको गोल्डेन अस्पताल विराटनगरमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार १ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ । दुबै सवारी साधन र हाइस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
बर्दिया, बारबर्दिया नगरपालिका ८ रम्बापुरस्थित सडकमा रोकी राखेको अनटेष्ट लेखिएको जेसिबीमा कर्णाली प्रदेश २-००१ प २४६१ नम्बरको मोटरसाइकल आइतबार साँझ ठक्कर खाई दुर्घटना हुँदा मोटरसाइकलमा सवार ठाकुरबाबा नगरपालिका ९ घर भएका २३ वर्षीय धन बहादुर चौधरीको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको मेडिकल कलेज कोहलपुर बाँकेमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका मोटरसाइकल चालकको सोही अस्पतालमा उपचार भइरहेको छ । जेसिबी चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।


























प्रतिक्रिया लेख्नुहोस्:-