२०८३ कार्तिक २२, शनिबार
प्रिती बाट युनिकोड
Gandaki Press
lJMN6.gif
  • गृहपृष्ठ
  • समाचार
  • अपराध
  • समाज
  • राजनिती
  • अर्थ
  • खेलकुद
  • शिक्षा/स्वास्थ्य
  • साहित्य/मनोरञ्जन
  • अन्तर्वार्ता
  • अन्तराष्ट्रिय
  • यस भित्र
    • पर्यटन
    • विचार
    • राशिफल
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृहपृष्ठ
  • समाचार
  • अपराध
  • समाज
  • राजनिती
  • अर्थ
  • खेलकुद
  • शिक्षा/स्वास्थ्य
  • साहित्य/मनोरञ्जन
  • अन्तर्वार्ता
  • अन्तराष्ट्रिय
  • यस भित्र
    • पर्यटन
    • विचार
    • राशिफल
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
Gandaki Press
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

पोखरालाई आर्थिक विकासको केन्द्र बनाउन मुख्यमन्त्रीको जोड

पृथ्वी राजमार्गको विकल्प बुद्धसिंह मार्ग

गण्डकी प्रेस
माघ २८, २०७८ १९:५७ मा प्रकाशित
प्रमुख समाचार, समाचार, समाज
पोखरालाई आर्थिक विकासको केन्द्र बनाउन मुख्यमन्त्रीको जोड
10
SHARES
Share on FacebookShare on Twitter


पोखरा, २८ माघ । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले पोखरालाई आर्थिक विकासको केन्द्र बनाउन त्यही अनुसारको योजना बनाएर अगाडि बढ्नपर्ने बताएका छन् । पोखरा महानगरपालिकाको १० औं सभाको उद्घाटन समारोहमा शुक्रबार मुख्यमन्त्री पोखरेलले भने, ‘गण्डकी प्रदेश हरेक सूचकांकमा अगाडि रहे पनि आर्थिक गतिविधिका हिसावमा हामी पछाडि छौं । यसमा हाम्रा नीति नियम कमजोर हुन् या कहाँनेर कमजोरी छ त्यो पत्ता लगाएर आर्थिक गतिविधि बढाउनुपर्ने छ । पोखरा त अब प्रदेशको मात्र होइन मुलुककै आर्थिक केन्द्र बन्नुपर्छ । पर्यटनमार्फत् त्यो सम्भावना पनि छ ।
उनले अबको पोखरा भनेको कास्कीभित्रको सहरी क्षेत्रमात्र होइन पूर्वमा मुग्लिन र पश्चिममा राम्दीसम्मको भूभागलाई समेट्नेगरी विकास गर्न पोखराले चासो देखाउनुपर्नेमा जोड दिए । प्रदेश सरकारले संघ सरकारको सहयोगमा स्टाटेलाइट सहर विस्तारका लागि प्रदेशले पनि गृहकार्य गरिरहेको मुख्यमन्त्री पोखरेलको भनाइ थियो । उनले भने, ‘सबै खालका गतिविधिलाई पोखराभित्र मात्र समेट्न सम्भव छैन । त्यसका लागि लागि वृहत पोखराको परिकल्पना गरिएको हो ।’
उनले स्थानीय तहका ५ वर्ष पूरा हुनै लाग्दा अब आफूले आफैलाई समीक्षा गर्नुपर्ने बेला भएको पनि उल्लेख गरे । उनले भने, ‘पोखरा प्रदेशको राजधानी मात्र होइन पर्यटकीय केन्द्र पनि हो । यो सहरलाई कस्तो बनाउने भनेर प्लानिङ गर्ने हामीहरुले नै हो ।’
पोखराको सुन्दरता बचाइराख्न र पर्यटक आकर्षणका लागि थप पूर्वाधार निर्माण गर्नुपर्ने भन्दै उनले यहाँका सडक चौडा हुन्, फराकिलो फुटपाथ, फूलका क्यारी सहितको फुटपाथ रात्रिकालीन बत्ती, चोक र टोलहरुमा सिसी क्यामेरा जरुरी रहेको उनले बताए । पोखरा आकर्षक मात्र होइन सुरक्षित छ भन्ने सन्देश दिन जरुरी रहेको मुख्यमन्त्री पोखरेलको भनाइ थियो ।

पोखराले ५ वर्षमा पर्यटक दोब्बर बढाउने, उनीहरुको बसाई अवधि र खर्च पनि दोब्बर बनाउने गरी योजना ल्याउनुपर्छ भन्दै उनले यसका लागि प्रदेश सरकारले के सहयोग गर्नुपर्छ तयार रहेको बताए ।
पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको अन्तिम चरणमा पुगेका बेला अब यसको उपयोगका बारेमा चर्चा सुरु भइसकेको भन्दै मुख्यमन्त्री पोखरेलले ल्यान्डफिल साइटको विकल्पको खोजी र विमानस्थलसम्मको बाटो विस्तार प्राथमिकतामा हुनु जरुरी रहेको भनाइ राखे । अहिले मुग्लिन पोखरा सडक खण्ड विस्तारको काम भइरहेकामा जामुने पोखरा खण्डमध्ये पोखरातिरबाट काम थाल्नका लागि प्रदेश सरकारले आयोजना प्रमुखसँग कुरा गरिसकेको उनले बताए ।
पोखरा मुग्लिन सडक स्तरोन्नतिको काम भइरहँदा विकल्पको रुपमा रहेको बुद्धसिंह मार्गलाई सञ्चालनमा ल्याउन प्रदेश सरकारले पहल गरेको खुलासा उनले गरे । मुख्यमन्त्री पोखरेलले भने, ‘यसका लागि म आफै पनि स्थलगत अनुगमनमा गएर फर्केको छु । नारायणघाट मुगलिन सडक खण्डको घुमाउने भन्ने ठाउँमा पुल निर्माणाधीन छ । त्यसमा हालका लागि बेलिब्रिज बनाएर भए पनि धुमाउनेदेखि दमौली सडक सञ्चालनमा ल्याउने हो भने झण्डै ३२ किलोमिटर बाटो छोटिन्छ ।’ दमौलीबाट सिसाघाट हुँदै मध्यपहाडी लोकमार्गबाट पोखरा निस्कनका लागि छोटो बाटोको विकल्प पनि उनले सुनाए ।
पोखराको सार्वजनिक जग्गा संरक्षणमा पनि महानगर अझै चनाखो हुनुपर्ने उनको आग्रह छ । उनले भने, ‘महानगर आफै र पोखरा उपत्यका नगर विकास समितिको नाममा धेरै जग्गा छ, त्यसको उपयोगिताका लागि अब योजना बनाउन ढिला गर्नु हुँदैन ।’ फेवाताललाई संरक्षित क्षेत्र त घोषणा गरिएको भन्दै उनले अब काम कसरी गर्ने चुनौती रहेको सुनाए ।
पोखरामा व्यवस्थित बसपार्क बनाउन धेरै ढिलाइ भइसकेको चर्चा गर्दै उनले प्रदेशको समेत सहभागितामा लामेआहालमा बसपार्क बनाउन म सहकार्यका लागि आह्वान गरे ।
प्रदेश सरकारको नेतृत्वमा आफू आएको ७ महिना भए पनि नागरिकको नजिक पुग्ने प्रयास हामीले गरेको उनको भनाइ थियो । विकासे योजनाका साथमा सामाजिक क्षेत्रका कार्यलाई पनि हामीले सँगसँगै अगाडि बढाएको मुख्यमन्त्री पोखरेलले सुनाए ।
चर्चामा आएर पनि अगाडि बढ्न नसकेको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रको काम अब सुरु हुनेभएको जानकारी उनले दिए , उनले भने, ‘लगानी बोर्डले अब पोखराको सिलिङे डाँडामा सम्मेलन केन्द्र बनाउने छ । गत साता हामीले यसका बारेमा काठमाडौंमै पुगेर छलफल गरेपछि काम अगाडि बढ्ने भएको हो ।’

अब फागुन १ गतेबाट प्रदेशभरका अस्पतालमा रगतको निशुल्क प्रबन्ध गरिएको पनि उनले बताए । कोभिडबाट अभिभावक गुमाएका बालबालिकालाई अध्ययनका लागि मासिक ५ हजार रुपैयाँ, परिवारको सदस्य गुमाएकाहरुलाई एकमुष्ट ५० हजार रुपैयाँ दिन सुरु गरिसकेको मुख्यमन्त्री पोखरेलले बताए । उनले भने, ‘पोखरा मात्र होइन गण्डक प्रदेश नै सहयोगापेक्षी सडक मानवमुक्त घोषणा गरेका छौं । अहिले पोखराको सडक छेउमा धेरै दृष्टिविहीनहरु गीत गाएर बसेको देखिनुभएको छ, उहाँहरु कहाँबाट किन र कसरी आउनुभएको हो, महानगरले चासो देखाइदिनुहोला ।’
पाठेघरको मुख र स्तन क्यान्सरका बिरामीको उपचार खर्च प्रदेश सरकारले बेहोर्ने भनेर गरेको निर्णय अब कार्यान्वयनमा जाँदै गरेको उनले सुनाए । व्यवसाय जीवन रक्षा कोषको कार्यविधि हालै मात्र संशोधन गरेर विकास बैंकहरुलाई पनि यसमा सहभागी गराइएको जानकारी उनले दिए ।
यसका साथमा दुम्कीवास त्रिवेणी सडक खण्डमा निकुन्जको अवरोध हटेर अब काम अगाडि बढेको, डेढगाउँ झ्यालवास सडक खण्डका लागि ठेक्का लागिसकेको पनि उनले सुनाए ।
कार्यक्रममा पोखरा महानगरका मेयर मानबहादुर जिसीले पोखरालाई सुन्दर बनाउनका लागि सबै एकजुट हुनुपर्ने भन्दै यसमा प्रदेश सरकारले पनि साथ दिनुपर्ने भनाइ राखे । उपमेयर मञ्जुदेवी गुरुङले ५ वर्षको अवधिमा महानगरले देखिने गरी काम गरेको बताइन् । उक्त अवसरमा वडाध्यक्षद्वय रामराज अधिकारी, शोभामोहन पौडेल, प्रमुख प्रशासकीय अधिकृत बलराम रिज्यालले भनाइ राखेका थिए ।

सम्बन्धित समाचार

लेखनाथको पर्यटन विकासमा पूर्वाधार, संरक्षण र स्थानीय अर्थतन्त्रलाई जोड दिनुपर्ने
अर्थ

लेखनाथको पर्यटन विकासमा पूर्वाधार, संरक्षण र स्थानीय अर्थतन्त्रलाई जोड दिनुपर्ने

२ राउण्ड हवाई फायर गरि २०९ किलो गाँजासहित ५ पक्राउ
अपराध

२ राउण्ड हवाई फायर गरि २०९ किलो गाँजासहित ५ पक्राउ

चोरीको रकम चिहानघाटमा लुकाउने पक्राउ
अपराध

चोरीको रकम चिहानघाटमा लुकाउने पक्राउ

साल नालसहित ट्वाइलेटमा शिशु फाली फरार आमा पक्राउ
अपराध

साल नालसहित ट्वाइलेटमा शिशु फाली फरार आमा पक्राउ

मौरीको पोलमा लातिले हान्दा विवाद, संगै मापसे इगोले लियो ज्यान
अपराध

मौरीको पोलमा लातिले हान्दा विवाद, संगै मापसे इगोले लियो ज्यान

बेगनास तालमा फिस फेस्टिभल सुरु
पर्यटन

बेगनास तालमा फिस फेस्टिभल सुरु

प्रतिक्रिया लेख्नुहोस्:-





हाम्रो बारे

'समाजको ऐना, हामी सत्यमा विश्वास गर्छौं।' गण्डकी प्रेस पोखराबाट सञ्चालित अनलाइन न्युज पोर्टल हो । यस न्युज पोर्टल मार्फत हाम्रो समाज हुने गरेका विकृति, विसंगति, सामाजिक विषयवस्तु, विकास एवं विभिन्न घटनाहरुको सम्प्रेषण गर्दै समुदायलाइ सु-सुचित गर्ने हाम्रो उदेश्य हो ।

गण्डकी प्रेस प्रा.लि. द्वारा संचालित
सूचना तथा प्रशारण विभाग दर्ता नं. २६१४/०७७-०७८ 

हाम्रो समूह

समाचार प्रमुख सुरेशराज अधिकारी
कानूनी सल्लाहाकार  बिमल प्र. लामिछाने
सम्पादक  सुशीलराज अधिकारी
संवाददाता  विष्णु प्र. बसौला
बिनिता सुनार
राज कुमार घिमिरे
ऋषि खतिवडा

सामाजिक सञ्जाल

Facebook Twitter Instagram RSS

सम्पर्क

गण्डकी प्रेस प्रा.लि.
पोखरा -०९, कास्की
gndakipress@gmail.com
सम्पर्क : +977 - 9856000233

© 2021 All Right Reserved With Gandaki Press - Designed by MPG Solution.

  • Privacy Policy
  • गण्डकी प्रेस
  • प्रिती बाट युनिकोड
  • राशिफल
  • समाचार
  • सम्पर्क
  • सामाजिक सञ्जाल बाट
  • हाम्रो बारे
  • हाम्रो समूह

कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृहपृष्ठ
  • समाचार
  • अपराध
  • समाज
  • राजनिती
  • अर्थ
  • खेलकुद
  • शिक्षा/स्वास्थ्य
  • साहित्य/मनोरञ्जन
  • अन्तर्वार्ता
  • अन्तराष्ट्रिय
  • यस भित्र
    • पर्यटन
    • विचार
    • राशिफल

© 2026All Right Reserved WithGandaki Press - Designed by MPG Solution.

ताजा खबरहरु

लेखनाथको पर्यटन विकासमा पूर्वाधार, संरक्षण र स्थानीय अर्थतन्त्रलाई जोड दिनुपर्ने

लेखनाथको पर्यटन विकासमा पूर्वाधार, संरक्षण र स्थानीय अर्थतन्त्रलाई जोड दिनुपर्ने

२ राउण्ड हवाई फायर गरि २०९ किलो गाँजासहित ५ पक्राउ

२ राउण्ड हवाई फायर गरि २०९ किलो गाँजासहित ५ पक्राउ

चोरीको रकम चिहानघाटमा लुकाउने पक्राउ

चोरीको रकम चिहानघाटमा लुकाउने पक्राउ

साल नालसहित ट्वाइलेटमा शिशु फाली फरार आमा पक्राउ

साल नालसहित ट्वाइलेटमा शिशु फाली फरार आमा पक्राउ

मौरीको पोलमा लातिले हान्दा विवाद, संगै मापसे इगोले लियो ज्यान

मौरीको पोलमा लातिले हान्दा विवाद, संगै मापसे इगोले लियो ज्यान

बेगनास तालमा फिस फेस्टिभल सुरु

बेगनास तालमा फिस फेस्टिभल सुरु

अकल्पनीय दुर्घटनाले उब्जिएको प्रश्न कहाँ गयो महानगरको कागजी मापदण्ड ?

ओख्ले बस दुर्घटना थप एक विद्यार्थीको मृत्यु

कारागारबाट फरार कैदी  होटलमा लुकेर बसेको अवस्थामा पक्राउ

कारागारबाट फरार कैदी  होटलमा लुकेर बसेको अवस्थामा पक्राउ

पोखरामा मोटरसाइकल पड्काउँदै भाग्ने युवा पक्राउ

पोखरामा मोटरसाइकल पड्काउँदै भाग्ने युवा पक्राउ

चर्चित खबरहरु

साल नालसहित ट्वाइलेटमा शिशु फाली फरार आमा पक्राउ

साल नालसहित ट्वाइलेटमा शिशु फाली फरार आमा पक्राउ

मौरीको पोलमा लातिले हान्दा विवाद, संगै मापसे इगोले लियो ज्यान

मौरीको पोलमा लातिले हान्दा विवाद, संगै मापसे इगोले लियो ज्यान

कास्कीको मर्दी खोलाले खतराको तह नाघ्यो

कास्कीको मर्दी खोलाले खतराको तह नाघ्यो

चोरीको रकम चिहानघाटमा लुकाउने पक्राउ

चोरीको रकम चिहानघाटमा लुकाउने पक्राउ

२ राउण्ड हवाई फायर गरि २०९ किलो गाँजासहित ५ पक्राउ

२ राउण्ड हवाई फायर गरि २०९ किलो गाँजासहित ५ पक्राउ

लेखनाथको पर्यटन विकासमा पूर्वाधार, संरक्षण र स्थानीय अर्थतन्त्रलाई जोड दिनुपर्ने

लेखनाथको पर्यटन विकासमा पूर्वाधार, संरक्षण र स्थानीय अर्थतन्त्रलाई जोड दिनुपर्ने

Privity of Contract and its Specifications with Reference to Nepal

Reformative Approach of Punishment : Critical Study of Theory and Legal Framework in Nepal 

Privity of Contract and its Specifications with Reference to Nepal

Socialist Legal System: An Assessment of Theory and Practice With Special Reference to Nepal 

बेगनास तालमा फिस फेस्टिभल सुरु

बेगनास तालमा फिस फेस्टिभल सुरु