चितवनमा एक गैँडा मृत अवस्थामा फेला परेको छ । चितवन राष्ट्रिय निकुञ्जको बाघमारा पोस्ट नजिकै करिब दुई वर्षको गैँडा मृत अवस्थामा फेला परेको हो ।
निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीले गैँडा बाघको आक्रमणबाट मरेको बताए । निकुञ्जमा चालु आर्थिक वर्षमा विभिन्न कारणले २२ वटा गैँडा मरिसकेको तिवारीले जानकारी दिए ।




























प्रतिक्रिया लेख्नुहोस्:-