काठमाडौं, माघ । अवैध रुपमा भन्सार छलि ल्याएको सुन, मोबाइल तथा ल्यापटप सहित ४ जनालाई आइतबार बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आगमन पार्किङ एरियाबाट प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा मोरङ मिक्लाजुङ गाउँपालिका ८ मधुमल्लका ३० वर्षीय पदम बहादुर अधिकारी, सोही गाउँपालिका स्थायी वतन भएका ३० वर्षीय मान सिंह विश्वुकर्मा र झापा शिवसताक्षी नगरपालिका ९ मिलनचोकका २२ वर्षीय समिर रसाइली र मकवानपुर हेटौंडा उपमहानगरपालिका १९ का ३२ वर्षीय गोकुल डल्लाकोटी रहेका छन् ।
जजिरा एयरको फ्लाइटद्वारा दुवईबाट कुवेत हुँदै काठमाडौं आएका पदम बहादुरको साथबाट ५८ ग्राम तौल बराबरको १ थान सुनको सिक्री, ३ थान मोबाइल र १ थान ल्यापटप, मान सिंह विश्वनकर्माको साथबाट ५८ ग्राम तौल बराबरको १ थान सुनको सिक्री, ३ थान मोबाइल र १ थान ल्यापटप तथा समिरको साथबाट ५८ ग्राम तौल बराबरको १ थान सुनको सिक्री, ३ थान मोबाइल र १ थान ल्यापटप फेला पारी सोधपुछ गर्दा उक्त सामानहरू भन्सार छलि ल्याउन गोकुलले लगाएको भनि खुल्न आएपश्चात उक्त सामान लिन आएका गोकुल समेतलाई प्रहरीले पक्राउ गरेको हो ।
उनीहरूलाई बरामद सामानहरू सहित आवश्यक अनुसन्धान एवं कारबाहीको लागि त्रिभुवन विमानस्थल भन्सार कार्यालय गौचरमा बुझाइएको छ ।


























प्रतिक्रिया लेख्नुहोस्:-