कास्की, १८ माघ । पोखरा महानगरपालिका ३० पावर हाउस चोकबाट करिब २ केजी अवैध लागूऔषध गाँजा सहित सोही महानगरपालिका ९ शान्ति टोल बस्ने २८ वर्षीय बुद्धिमान नेपालीलाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

नारायणगढबाट पोखरातर्फ आउँदै गरेको ग २ ख ९२७ नम्बरको हाईस गाडीलाई वडा प्रहरी कार्यालय गगनगौडाबाट खटिएको प्रहरीले जाँच गर्दा गाडीमा सवार नेपालीलाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।
प्रतिक्रिया लेख्नुहोस्:-